Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जग हसाउने प्रधानमन्त्री

काठमाडौं । शान्तिका प्रतिक सत्यका अग्रदूत भनेर मानिने गौतम बुद्धको २५६९औं जन्मजन्तीमा प्रधानमन्त्ती केपी ओली प्रमुख अतिथि रहेको लुम्बिनी कार्यक्रममा सहभागिता कम देख्दा खिन्न हुनुप¥यो । प्रम आफैंले झूटो बोल्नु पनि जनसहभागिता घट्नुको कारण थियो । उनले छिमेकी भारत र पाकिस्तानको लडाइँमा हात अगाडि नबढाउन सुझाव दिएकोले ती देशका प्रमुखहरूले आफ्नो सुझाव मान्दा युद्ध विराम भएको बताएर विश्वलाई चकित पारेका थिए । यिनैको महत्वाकांक्षा पूरा गर्न सगरमाथा संवादको नाममा काठमाडौंमा राष्ट्र प्रमुखहरूलाई आमन्त्रण गर्दा झापाली गफाडी भएकै कारण अरु त परै जाओस् भूटान जस्तो सानो देशले समेत पत्याएन ।
भारत, पाकिस्तानको द्वन्द्व केबल आतंककारीसँग मात्रै जोडिएको थिएन । उनीहरू दुवैले देशको अस्मितामाथि भएको प्रहारलाई गम्भीर रूपमा लिएका छन् । नेपालीको चरित्र सत्ता स्वार्थमा जोडिन्छ । भारतीय चरित्र राष्ट्रको सार्वभौमिकता र अखण्डतामा जोडिन्छ । देशको रक्षाका लागि पाकिस्तानीहरूको समर्पणमाथि भारतीय प्रहार गणनामा पर्दैन । भारत लडाइँमा नेपाली गोर्खा फौज अगाडि सार्छ । भारतका राज्य तहका स्थानीय फौजको काम देशको शान्ति सुरक्षामा समेत गणना योग्य हुँदैन ।
नेपाललाई भारतले हेप्नुको कारण पैसा पाएपछि संसदले जल, जंगल र जमिन समेत रक्षा गर्दैन भन्ने उदाहरण राष्ट्रघाती टनकपुर सन्धि, महाकाली सन्धि, पानी वितरण सिमा क्षेत्रको जमिन कब्जा, नेपाली सीमा अतिक्रमण, लिम्पियाधुरा, लिपुलेक, कालापानी भारतीय कब्जामा पुग्नु हो । चुच्चे नक्सा छाप्ने भारतलाई पत्र पठाउन नसक्ने राष्ट्रवादी देखिन चुच्चे नक्साको पाठ्यपुस्तक छाप्ने तर सार्वजनिक गर्न नसक्ने, प्रचण्डको पालामा चुच्चे नक्सा नेपाली नोटमा छाप्ने निर्णय गर्ने निश्चित अवधिसम्म सरकार टिक्न नदिएर असार १५ को जालझेल गर्दै स्वर्ग र नर्क सँगै जाने भन्न नछाड्ने फटाहा प्रधानमन्त्री भएको देशमा राज्यले घोषणा गरेका कुनै कार्यक्रम लागू हुने अवस्था छैन ।
मुलुक चलाउने नेताले पत्याउने कुरा गर्नुपर्छ । नहुने कुरा गर्दा आफैं पंगु भइन्छ भन्ने जान्दा जान्दै केपी ओली नेकपा एमालेमा झैं सत्तामा अनेक रूप किन देखाउँछन् ? गफै गफमा १० महिना बिताएका प्रम ओलीले संविधानसभाबाट १० वर्ष अगाडि घोषणा भएको संविधानको कार्यान्वयनकर्ता आफैं भएको पनि सम्झन सकेनन् । प्रधानमन्त्रीका झूटा आश्वासनले लोकतन्त्र बलियो हुन्न तर पनि सगरमाथा संवादका नाममा राजश्व सक्ने उपलब्धि नहुने कुरा छर्लङ्ग छ । जुन कुरा उनले भारत, पाकिस्तान युद्ध रोक्न दिएको सुझावले जग हसायो ।

चोरलाई चौतारो, साधुलाई सुली
नेपालीमा उखानै छ चोरलाई चौतारो, साधुलाई सुली । उखान त्यसै बनेको पक्कै होइन । नक्कली भुटानी शरणार्थी प्रकरणको छानविनमा तानिएकी कांग्रेस नेता बालकृष्ण खाँणकी कान्छी श्रीमती सांसद मञ्जु खाँणले भैरहवा विमानस्थल निर्माणको अनुसन्धान गर्ने संसदीय टोलीको नेतृत्व गर्ने जिम्मेवारी पाएकी छन् । संसदको सार्वजनिक लेखा समितिले सांसद मञ्जु खाँणलाई भैरहवा विमानस्थल अनियमितता अनुसन्धानको जिम्मेवारी सुम्पिएको छ । बैठकले खाँणलाई अध्ययन उपसमितिको संयोजक बनाएको र पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायत विरुद्ध मुद्दा दायर भएपछि अनुसन्धान अघि बढेको हो । नक्कली भुटानी शरणार्थी प्रकरण र सम्पत्ति शुद्धीकरणको आरोपमा अनुसन्धान भइरहेका बेला खाँण दम्पत्तिको नाम पनि उजागर भएको छ । आइतबार बसेको बैठकले खाँणलाई संयोजक छान्ने निर्णय गरेको लेखा समितिका सचिव एवं संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । पूर्व पर्यटनमन्त्री समेत रहेका एमाले सांसद योगेश भट्टराईले आफूमाथि प्रश्न उठेपछि संयोजक पदबाट अलग हुने घोषणा गरेका थिए । त्यसपछि शुक्रबारको बैठकले खाँणलाई अध्ययन उपसमितिको संयोजक तोकेको हो । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खाजेको आरोपमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायत विरुद्ध ठगी र राज्यविरुद्धको कसुरमा मुद्दा दायर भएपछि उनकी पत्नी मञ्जु पनि अनुसन्धानको दायरामा परेकी थिइन् । लेखा समितिले भ्रष्टाचारको आरोपमा अनुसन्धानको दायरामा परेकी सांसदलाई नै भ्रष्टाचारको उजुरी अनुसन्धानको नेतृत्व गर्ने जिम्मेवारी दिएको हो । नक्कली शरणार्थी प्रकरणमा ठगी मुद्दा दायर भएपछि प्रहरीले बालकृष्ण खाँणलगायत अरु आरोपितहरूबारे अनुसन्धान गर्न अख्तियारमा पत्राचार गरेको थियो । अख्तियारले २०८० सालको साउन, भदौताका खाँड दम्पत्तिमाथि छानविन अघि बढाएको थियो । २०७४ सालदेखि सार्वजनिक पदमा रहेका कांग्रेस सांसद बालकृष्ण खाँण ९ पुस, २०७९ सम्म गृहमन्त्री थिए । उनी रूपन्देहीबाट निर्वाचनमा पराजित भएलगत्तै पत्नी मञ्जु खाँण समानूपातिकबाट सांसद भएकी थिइन् ।