Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जजिरा एयरलाइन्सको जहाजसँग चरा ठोक्किएपछि भैरहवामा होल्ड

गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा जजिरा एयरलाइन्सको जहाजसँग चरा ठोक्किएको भैरहवामा होल्ड गरिएको छ। चरा ठोकिएपछि सावधानी अपनाउँदै राति नै फिर्ता जानु पर्ने जजिराले अहिलेसम्म उडान गरेको छैन । जजिरा एयरलाइन्सको जहाज अहिलेसम्म विमानस्थलमै रहेको छ ।
हवाई जहाजको बाहिरी भागमा रगत देखिएको छ । तर रनवेमा कतै चरा नदेखिएको विमानस्थलका अधिकारीले बताएका छन्। पाइलटहरूले अवतरणको क्रममा चरासँग ठोकिएको आशङ्का गरेका छन् । १ सय २१ जना यात्रु बोकेर आएको जजिरा एयरलाइन्सको जहाज राति पौने २ बजे चरासँग ठोकिए पनि सबै सकुशल रहेका छन् । काठमाडौँबाट प्राविधिक आएर चेकजाँच गरेपछि मात्र जजिराले यहाँबाट उडान भर्ने छ । उनीहरूको प्राविधिक अझै आएका छैनन् । यात्रुहरूलाई सुरक्षित रूपमा स्टार होटलम राखिने विमानस्थलका एक अधिकारीले रातोपाटीलाई बताए ।

जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गरिरहेको जजिरा एयरलाइन्सले साताको ३ उडान गरिरहेको छ । सोमबार, बुधबार र शुक्रबार उडान गरिरहेको जजिराले निकट भविष्यमा दैनिक उडानको तयारी समेत गरेको छ ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल