Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । जनताको सरोकार भन्दा सत्ता, स्वार्थ र पार्टीको गुटबन्दीमा रमाएका दलहरु दोस्रो कोरोना कहरमा समेत संकट कम गर्ने एकजुट हुन सकेनन् । सरकारले जनतालाई सुरक्षीत रहन अपिल गर्छ । सुरक्षीत बस्दा रोजगार गुमाएर घर कोठामा थन्कीएकाहरुको भोक टार्ने बन्दोवस्त कसरी हुन्छ सरकार भन्दैन । प्रधानमन्त्री ओली पार्टीको कलह सत्ता कूर्सी बच्छ बच्दैन भन्ने चोटले ग्रस्त छन् । प्रमलाई ठूलो बनाएर मनपरि गर्नेको लागि लकडाउनले छेकेको छैन ।
भ्रष्टचार घटेको छैन । राष्ट्रिय गौरबका आयोजनाहरुको समय थप्ने रकम बढाउने जस्ता निर्णय मन्त्रालय स्तरबाट विभागीय कार्यलयले गरेकै छन् । देशभर लकडाउन छ । महंगी अभाव उस्तै छ । जनसरोकारको विषय तर्फ मन्त्रीको ध्यान छैन । कानूनको कार्यन्वयन नहुँदा व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको छ । संविधानको रक्षा गर्ने सरकारका प्रधानमन्त्रीले हो । उनी बारम्बार विवादमा पर्छन् । पार्टीले उनलाई कारबाही गर्ने कुरा भएन । सचेत बनाउने काममा कसैलाई प्रमले गन्दैनन् । संविधान भन्दा यी माथि छन् ।
पार्टीको विधान भन्दा माथि छन् । प्रमको पदले संविधान कुल्चने अध्यक्षको नाताले विधान लागू नगर्ने विचित्रका अंशीयार प्रम ओली भएका छन् । माओवादीलाई खेदेर अल्पमतमा पर्दाको संकट त तुरुन्तै देखा पर्यो । प्रम आफैले लुटाहा टीमको साथ लिएर मच्चाएको अल्पमतको आतंकप्रति साथ दिनेहरुकै कमि देखिदै छ । आखिर संसदबाट विश्वासको मत लिनका निम्ति पनि बहुमत त चाहियो । जसपाले अब हिजोको जस्तो व्यवहार प्रमप्रति गर्ने छाट दखिदैन ।
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १५
ताजा नेपाल