Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जनता समाजवादी पार्टी आयोगमा

काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) पार्टीका नेताहरु नयाँ दल दर्ता गर्नको लागि निर्वाचन आयोग पुगेका छन् । मध्यरातमा पार्टी एकता गर्ने सहमति भएपछि ‘जनता समाजवादी पार्टी नेपाल’ दल दर्ताका लागि उनीहरु निर्वाचन आयोग पुगेको हुन् । नेताहरुले पार्टी एकताबारे निर्वाचन आयोगलाई जानकारी गराइसकेको र पार्टी दर्ता प्रक्रिया सुरु भएको जानकारी दिएका छन् ।
बुधबार राति यी दुई दलले पार्टी एकता गरेर जनता समाजवादी पार्टी बनाउने सहमति गरेका थिए । नवगठित पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्नका लागि राजेन्द्र श्रेष्ठ, कृष्ण शर्मा, मिथिलेस कुमार, फणिन्द्र देवकोटालगायत नेताहरु निर्वाचन आयोग पुगेका हुन् । बुधबार राति भएको सहमति पत्रमा राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरत सिंह भण्डारी र समाजवादी पार्टीबाट डा बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
एकीकृत पार्टीको झण्डा हाल कायम समाजवादीको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा रहने सहमति भएको छ । चुनाव चिन्ह भने हाल कायम राजपा छाता रहने सहमति भएको छ ।


सम्बन्धित समाचार