Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जब इन्सपेक्टर ५० हजार घुससहित पक्राउ परे

धनगढी । समाजमा अपराध रोक्ने जिम्मेवारी पाएको प्रहरी नै लोभ र अनियमिततामा फस्न थालेपछि समाजको हालत के होला ? जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालय विक्रम विष्ट घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले उनीहरुलाई ५० हजार रुपैयाँ घुससहित बिहीबार रंगेहात पक्राउ गरेको हो । अख्तियारको टोलीले प्रहरी निरीक्षक कार्की र कानुन व्यवसायी विष्टलाई धनगढी उपमहानगरपालिका वडा नं। १ स्थित लिगल एडभोकेट सर्भिस सेन्टरबाट पक्राउ गरेको हो । उनीहरुमाथि अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए । प्रहरी कार्यालयमा परेको मुद्दामा सहजीकरण गरिदिने भन्दै कानुन व्यवसायी विष्टमार्फत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले प्रहरी निरीक्षक कार्कीमाथि निगरानी बढाएको थियो । यसैबीच लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा ललितपुर प्रहरी परिसर जावलाखेलमा कार्यरत प्रहरी निरीक्षक रुद्र शाही पक्राउ परेका छन् ।


सम्बन्धित समाचार

सरकारप्रति डा. शेखर असन्तुष्ट

२०८१ मंसिर ११

ताजा नेपाल

एनपीएलका लागि टिकटको मूल्य कति पर्छ

२०८१ मंसिर ११

ताजा नेपाल