Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जबरजस्ती करणीमा थापा प्रकाउ

काठमाडौं । कानून कठोर नहुदा अपराधीले सजाए कम पाउछ । तीन तहको सरकारले समाज सुधारका निम्ति आप्mनै कानून कार्यन्वयन गरउजन सक्छन् । तर केन्द्रीय सरकारको मुख ताक्दा आफ्नोअ अधिकाको खाजी गर्न नसकिरहेको बेला समाजमा जबरजस्ती करणीका छटना घटिरहेका छन् । स्याङजाका एकजना युवक जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा स्याङ्जाको हरिनास गाउँपालिका ७ का ३३ वर्षीय भेलबहादुर थापा पक्राउ परेका हुन्  थापाले बालिकालाई जबरजस्ती करण गरी गर्भवतीसमेत गराएको भनी उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख, एसपी होबीन्द्र बोगटीले जानकारी दिएका छन् । उनका अनुसार थापालाई जबरजस्ती करणी मुद्दामा स्याङ्जा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराइ थप अनुसन्धान गरिरहेको बताइन्छ ।