Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जम्मा ४२३९ जना उम्मेदवार मध्ये , काठमाडौँमा मेयर बन्ने दौडमा ५५ जना कसले मार्ला त बाजि

६ महानगरपालिकामध्ये सबैभन्दा धेरै उम्मेदवारी वीरगन्ज महानगरपालिकामा परेको छ । सो महानगरपालिकामा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ८८१ जनाले उम्मेदवारी दिएका हुन् । कुल ३२ वडा रहेको वीरगन्जमा मेयर पदमा भने ३० जनाको उम्मेदवारी रहेको छ भने उपमेयरमा १० जनाको उम्मेदवारी रहेको छ । तर, वडा तहमा भने स्वतन्त्रसहित दलीय उम्मेदवारहरूको बाढी लागेको हो ।

निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीअनुसार ६ महानगरपालिकामा कुल ४ हजार २३९ जना उम्मेदवार रहेका छन् जसमा मेयर पदमा १६१ जना र उपमेयर पदका ८३ जना उम्मेदवार रहेका छन् । बाँकी उम्मेदवार वडाध्यक्ष, सदस्य, महिला र दलित सदस्य पदका रहेका छन् । स्थानीय निर्वाचनमा एक स्थानीय तहबाट मेयर उपमेयर १–१ जना र वडाबाट अध्यक्षसहित ५ जना निर्वाचित हुने व्यवस्था रहेको छ ।
स्थानीय तह निर्वाचनमा महानगरपालिकाको भिडन्तलाई महत्त्वका साथ हेर्ने गरिन्छ । स्थानीय तह निर्वाचनका लागि देशभरका पालिकाबाट १ लाख ४५ हजार ९० जना उम्मेदवार रहेका छन् । आयोगका प्रवक्ता शालिग्राम शर्माले केही स्थानमा निर्वाचनको संशोधित कार्यक्रम गर्नुपर्ने तथा केही स्थानमा इन्टरनेट र विद्युत् अवरुद्ध भएकाले केही विवरण तलमाथि हुनसक्ने बताए । आयोगले वैशाख १६ गते नै अन्तिम नामावली सार्वजनिक गर्नुपर्ने भए पनि एकीकृत रूपमा सार्वजनिक गर्न सकेको थिएन। मंगलबारसम्म ढिलाइ हुनुमा आयोगले विद्युत् र इन्टरनेटकै समस्या रहेको जनाएको छ ।

 


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल