Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । पशुपतिनाथको जलहारी काण्डको छानविन गर्ने सहसचिव शेरजङ्ग कार्कीको निधन भएको छ । अख्तियारबाट हाल राष्ट्रपतिको कार्यालयमा कार्यरत सहसचिव शेरजङ्ग कार्कीको शुक्रबार बिहान निधन भएको हो । नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रका अनुसार कार्कीलाई शुक्रबार बिहान सवा ७ बजे अस्पताल ल्याइएको थियो । प्रमुख कार्यकारी अधिकृत मिश्रका अनुसार अस्पताल ल्याउँदा सहसचिव कार्कीमा जीवनको कुनै संकेत थिएन । अस्पताल ल्याउनेबित्तिकै कार्कीलाई मृत घोषणा गरिएको मिश्रले जानकारी दिए । राष्ट्रपति कार्यालयमा कार्यरत एक अधिकृतका अनुसार बिहीबार साँझ नै कार्कीलाई वान्ता भएको र उनले शारीरिक अस्वस्थता महसुस गरेका थिए । केही महिनाअघि मात्र उनी राष्ट्रपति कार्यालय कानुन महाशाखामा सरुवा भएका थिए । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता उपसचिव वसन्तप्रसाद पन्थीका अनुसार कार्की गत असार २० गतेदेखि त्यहाँ हाजिर भएका थिए । यसअघि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए । उनकै नेतृत्वमा अख्तियारले पशुपतिको जलहरी प्रकरणको अनुसन्धानसमेत गरेको थियो । ५२ वर्षीय कार्कीका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल