Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जसको कुरा काटे उसैले देखाए काम

काठमाण्डौ । व्यापारी पृष्ठभूमिका उमेश श्रेष्ठलाई प्रधानमन्त्री शेर बहादुर देउवाले स्वास्थ्य राज्यमन्त्री बनाउँदा श्रेष्ठका विरुद्ध राजनीति दल स्वास्थ्य सुधार अभियान्त डा. गोविन्द केसीले समेत आक्रोश पोखे । तर श्रेष्ठले आफू राज्यमन्त्री भएको एक सातामा आफ्नो एक सय दिनको कार्यक्रम ल्याएर कोरोनाको भ्याक्सीन खरिद प्रकृया थालेको बताएका मात्र छैनन् असोज भित्र १२ वर्ष देखि १६ वर्ष सम्मका बालक तथा युवाहरुलाई समेत खोप उपलब्ध गराउने घोषणा गरे । श्रेष्ठ आएपछि भ्याक्सीन खरिद प्रकृया धमाधम शुरु भएको छ । चिनले निरन्तर भ्याक्सीन दिएको छ । भारतले रोकेको खोप समेत भदौ भित्र दिने भनेको छ । राज्यमन्त्री श्रेष्ठले सरकारी सुविधा नलिने घोषणा गरे । सुरक्षा कर्मी बाहेक आवाज गाडी तलब भत्ता केही नलिने उनको घोषणाबाट विरोधीको मुख बन्द भएको छ । स्वास्थ्यमन्त्रालयको घोषणा भनेकै पहिलो प्राथमिकता खोप बनेको छ । सरकार पक्ष दलहरुको जोड त्यही छ । राज्यमन्त्री श्रेष्ठ आँफू सम्बन्ध संस्थाहरुबाट हटेका छन् ।

खोप ल्याउन राज्यमन्त्रीको तत्परताले विगतमा स्वास्थ्यमन्त्रालयले देखाएको ढिला सुस्तालाई दर्शाउँछ । कमिशन केन्द्रीत सिसीएमसीको लुटाहा प्रवृत्ति र कोरोना शुरु भएपछिको लकडाउनमा भोको पेट भने रु ८ अर्ब राहात खर्च भएको देखाईयो । तर जनता भोकै खाली खुट्टा पैदल यात्रा गरेको संसारले देख्यो । दाताले खुला मंचमा एक छाक खान खुवाउदा काठमाण्डौ महानगरको इज्जत गयो । तर महानगरले मतदाता बाहेक डेरा भाडामा बसेका रोजगार गुमाएका नेपाली जनतालाई नागरिक ठानेनन् । एमालेको ओली गुटले थुपारेको फोहर सफा गर्नु पर्ने दायित्व सबै मन्त्रीहरुमा आएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ स्वास्थ्य र शिक्षालाई सेवा होइन व्यापार ठान्ने हुन समेत भनियो । तर उनले आफ्नो लगानीका अस्पतालले सरकारी अस्पताल भन्दा सहालियत दिएको सुचि समेत प्रचारमा ल्याए । जनताका लागि यो जरुरी थियो । प्रदेश सरकारको समन्वयमा खोप केन्द्र थप्ने काम पनि भएको छ ।

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठका अनुसार वयस्क तथा किशोर किशोरीलाई केन्द्रीत गरेर मोर्डेना ४० लाख जोन्सन एण्ड जोन्सन ५० लाख फाईजर ४० लाख एस्टाजोनीका २० लाख गरी १ करोड ५० लाख मात्र खरिद प्रकृया शुरु भई सकेको र फाईजर ६० लाख डोज पून खरिद गर्ने चरणमा छ । राज्यमन्त्री श्रेष्ठ भन्छन् कोभ्याक्स सुविधा अन्र्तगत एक करोड १३ लाख लागत सहभागीता १ करोड ५० लाख खरिदको तयारीमा रहेको छ । ४० लाखको भुत्तानी भएको १ करोड १० लाखको भुत्तानी प्रकृया रहेको छ । श्रेष्ठ भन्छन् वालबालिका लक्षित फाईजर ६० लाख गरी सरकारले ३ करोड २३ लाख डोज खोप खरिद प्रकृयामा लागेको मन्त्रालयले वर्तमान सरकारको अगमनसँगै ५ करोड २३ लाख खोप प्राप्त गर्दैछ । यसरी आएको खोप असोजभित्र एक तिहाई चैतभित्र सबै नागरिकले खोप पाउने छन् ।

प्रधानमन्त्री शेर बहादुर देउवालाई सत्ता गठबन्धनको जोड्नै खोप खरिदमा लाग्न सुझाव दिईएको छ । कोभिसिल खोप लागाएका १३ लाख ४८ हजारले जापानी अनुदानबाट आउने एस्ट्रजोन खोप लगाउने भनिएको छ । विश्व महामारी एकातिर छ अर्काे तिर बाडी पहिरोले जनता मयमित्त भएका छन् । सरकारका लागि यी दुवै समस्या राष्ट्रिय प्राथमिकता हुन् । प्रधानमन्त्री देउवाले उमेश श्रेष्ठलाई काम गर्ने भनेर छनौट गरे जस्तै शिक्षा स्वास्थ्य भौतिक पूर्वाधार खानेपानी सहरी विकास परराष्ट्र संचार जस्ता मन्त्रालयमा हाल गृह, अर्थ, उर्जामन्त्री बनाएका मन्त्रीहरु जस्तै क्षमतावानहरुको टीम बनाउनु जरुरी छ । किनकी यो सरकार काम गर्नका लागि हो भाषण गर्ने, राष्ट्रको सम्पत्ति माफीयालाई पोस्ने कोभिड उपचारमा खरिद सामाग्रीमा कमिशन खोज्ने मँहगी बढाउने भेदभाव गर्ने.गुटको छत्रछायाँमा लुटमच्चाउने ओली सरकार जस्तो हुने क्षमता राख्दैन । सोमबार १८ साउनमा ४१ लाख ६३ हजार १५१ जनाले पहिलो डोज २० लाख २११ ले दोस्रो डोज लगाएका छन् । वर्तमान सरकार देशको बाध्यता हो । परिवर्तनको उचित व्यवस्थापन संघियता गणतन्त्र समावेशीताको सिद्दान्तलाई संस्थागत गर्नु यसको दायित्व हो । जनताको सेवा गर्दा कमिशन खोज्ने नीतिगत लुट चम्काएर अख्तीयार अदालत निर्वाचन आयोगमाथि हस्तक्षेप गर्ने ओली सरकारको चमत्कारीतालाई चिर्ने दायित्व गठबन्धनको काँधमा आएको छ । प्रधानमन्त्री देउवा रहरले पाँचौ पटक प्रधानमन्त्री भएका होइन । यीनले काम गर्नु छ देश र जनताको गरिमा बचाएर राष्ट्रिय स्वाभिमानको मुल एजेण्डामा देशलाई हाक्ने जिम्मा शेरबहादुर देउवा र सत्ता गठबन्धनलाई आएको हो ।


सम्बन्धित समाचार