Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । जनताबाट अस्वीकृत भएका जसपाका अध्यक्ष उपेन्द्र यादव जसरी पनि संसद छिर्ने अभियानमा सफल भएसँगै उपप्रधानमन्त्रीको कुर्सी ताकिरहेका छन् । नताकुन् पनि किन, रास्वपाले सरकार छाडेपछि निर्णायक शक्ति भनेकै जसपा बन्न पुगेको छ । जनता समाजवादी पार्टीले आफ्नो भागमा परेको मन्त्रालयमा मन्त्री नपठाउँदा अझै सरकारले पूर्णता पाउन सकेको छैन । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार जसपाले दुई मन्त्रालय पाएको थियो । तर, जसपाबाट अहिलेसम्म शिक्षा मन्त्रालयमा अशोक राईमात्र छन् । कतिपयले उपनिर्वाचनबाट निर्वाचित भएर आएका अध्यक्ष उपेन्द्र यादव नै सरकारमा जाने तयारी गरिरहेको बताइरहेका छन् । अब जसपाले भागमा वन मन्त्रालय बाँकी छ । आज कांग्रेसबाट महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारीमा सुरेन्द्र आचार्यले शपथ लिएसँगै जसपाको भागमा परेको वन मन्त्रालय मात्रै रिक्त हुन्छ । जसपा प्रवक्ता मनिष सुमनले पार्टीबाट सरकारमा मन्त्री पठाउने जिम्मा अध्यक्ष यादवलाई नै दिइसकेको बताए । उनले भने, ‘पार्टीले मन्त्री छान्ने जिम्मा यादवलाई नै दिइसकेको छ । अब उहाँले नै पठाउनुहोला । जसपाबाट त अध्यक्ष यादव नै सरकारमा जाने भन्ने चर्चा छ नि भन्ने प्रश्नमा उनले भने, अहिल्यै के हुन्छ भन्ने सकिने अवस्था छैन । तर, त्यस्तो हुन्न होला । उनले २७ गते पार्टीको कार्यकारिणी समितिको बैठक बोलाएकाले त्यसपछि मात्रै सरकारमा मन्त्री पठाउने सम्भावना रहेको पनि बताए । जसपाबाट सरकारमा जान राजकिशोर यादव, प्रदीप यादव, नवलकिशोर शाहलगायत आकांक्षी छन् । अब जसपाले आफ्नो भागमा परेको मन्त्रालयमा मन्त्री पठाइसकेपछि मात्रै प्रचण्ड सरकारले पूर्णता पाउने भएको छ ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल