Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जसपाबाट बिदा हुँदा बाबुरामलाई बोनस

काठमाडौं । कही स्थिर भएर टिक्न नसक्ने बाबुराम भट्टराई क्षेत्रीय दलमा पनि अटाउन नसक्ने भएका छन् । तत्कालीन संघीय समाजवादी फोरममा एक्लै छिरेका डा। बाबुराम भट्टराई चार वर्षपछि बोनससहित बाहिरिने निश्चित भएको छ । अध्यक्ष उपेन्द्र यादवसँगको पछिल्लो वार्तामा सहमतिका आधारमा छुट्टिने र बाबुराम पक्षमा लागेका सांसदलाई कारबाही नगर्ने समझदारी भएपछि उनले बोनस पाउने भएका हुन् । तत्कालीन नयाँ शक्ति पार्टीबाट उनी एक्ला संघीय सांसद थिए । प्रदेशतर्फ गण्डकीमा २ र बागमतीमा एक सांसद थिए । वागमतीका सांसद प्रेम तामाङ कांग्रेसतिर लागिसकेका छन् । यसबीचमा बाबुराम संघीय समाजवादी फोरममा पुगिसकेपछि तत्कालीन राजपासँग एकीकरण गरेर जसपा बनेको थियो । जसपा पनि फुटेर राजपाको अधिकांश हिस्सा महन्थ ठाकुरसँगै लोसपा बनिसकेको छ । महन्थ निस्किएको ९ महिनापछि बाबुराम पनि जसपाबाट बहिर्गमन हुने निश्चित भएको छ । बाबुरामसँगै हालका कृषिमन्त्री महिन्द्रराय यादव जसपाबाट बाहिरिने लगभग निश्चित भएको छ । उपेन्द्र पक्षले तत्कालीन राजपाका राजकिशोर यादव, अमृता अग्रहरी पनि बाबुरामसँगै जाने दाबी गरेको छ । यसैबीच बाबुरामलाई उपेन्द्रमाथि कारबाही गरेर भने पनि पार्टी कब्जा गर्न उक्साउनेमध्येका सांसदहरू इस्तियाक राई, प्रदीप यादवलगायत भने रातारात उपेन्द्रसँग प्याक भएका छन् । अबको मन्त्रिपरिषद् पुनर्गठनमा उनीहरूलाई मन्त्री बनाउने आश्वासनपछि बाबुरामको साथ छाडेका हुन् । केही दिनअघिसम्म बाबुराम पक्षमा कार्यकारिणी समिति र संसदीय दल दुवैतिर बहुमत पुग्ने अनुमान थियो । तर, एकाएक उपेन्द्र बलियो बनेका छन् । बाबुराम र उपेन्द्रबीच सहमतिमै अलग हुने तर भविष्यमा सहकार्य हुनसक्ने सहमति भएको छ ।
बाबुरामको पक्षमा जाने सांसदलाई कुनै कारबाही नगरिने उपेन्द्रले बताएका छन् । उसैपनि अब केही महिनामात्र यो संसदको कार्यकाल बाँकी रहेकाले जति जान्छन् उनीहरूको सांसद पद खारेज गर्न सभामुखलाई पत्र नलेख्ने सहमति भएको छ । बाबुरामसँग ४० प्रतिशत सांसद नपुग्ने भएकाले यो बाटो लिइएको हो