Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
स्थानीय तहको नेतृत्व गर्ने आशमा प्रदेश सभाबाट ८ जना सदस्यहरु राजिनामा दिएर निर्वाचनमा होमिए । प्रदेश सभा सदस्यबाट राजिनामा दिएका मध्ये ६ जनाले हार व्योहोरेका छन् । २ जना भने स्थानीय तहमा निर्वाचित भएका छन् ।
प्रदेश १ प्रदेशसभाबाट राजिनामा दिएर इलामको सूर्योदय नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका नेकपा एमालेका नेता काजिमान कागते पराजित भए । उनलाई नेकपा एकीकृत समाजवादीका उम्मेद्वार तथा सूर्योदयका पूर्व प्रमुख रणबहादुर राईले पराजित गरे ।
राईले १२ हजार ४३१ मत ल्याउँदा कागतेले १० हजार ५७९ मत ल्याएका हुन् । एमाले उम्मेदवार कागते १ हजार ८५२ मतान्तरले पराजित बने । कागते एमालेबाट मेयर जित्ने दाबीका साथ स्थानीय तहको निर्वाचनमा होमिएका थिए ।
प्रदेश सभा सदस्यबाट राजिनामा दिएपछि सर्लाहीको गोडैताका उपेन्द्रप्रसाद कुशवाहाले भनेका थिए, ‘जनताले बोलाए, त्यसैले प्रदेश सभा छाडेर मेयर लड्न आएँ ।’ सर्लाही क्षेत्र ४ ख बाट मधेस प्रदेश सभा सदस्य रहेका उनी राजिनामा दिएर गोडैता नगरपालिकाको मेयर उठेका थिए ।
उनले मेयरका लागि भोट माग्दा जनताको सेवा गर्न प्रदेश सभा छाडेको भन्ने गरेका थिए । जे भनेर भोट मागे पनि उनलाई जनताले मेयरमा पत्याएनन् ।
उनी चुनावमा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का देवेन्द्रकुमार यादवसँग ५४२ मतले पराजित भएका छन् । दोस्रो पटक नगर प्रमुखमा निर्वाचित भएका लोसपाका यादवले ५ हजार २९४ मत ल्याए ।
निकटतम प्रतिद्वन्द्वी कुशवाहाले ४ हजार ७५२ मत पाए । कुशवाहा २०७४ सालको स्थानीय निर्वाचनमा पनि नगर प्रमुखमा यादवसँगै पराजित भएका थिए । त्यो बेला कुशवाहा २२८ मतले पराजित भएका थिए ।
यादवले ३ हजार ९०२ मत पाउँदा दोस्रो भएका कुशवाहाले ३ हजार ६७४ मत ल्याएका थिए ।
मेयर हारेका उनले २०७४ कै मंसिरमा भएको प्रदेश सभामा टिकट पाए र चुनाव जिते । जनताले जिताएको प्रदेश सभाको सदस्य छाडेर मेयर बन्न खोजेका उनले यसपाली भोट त बढाए, तर देवेन्द्रलाई हराउन सकेनन् ।
यस्तै गण्डकी प्रदेश सभा सदस्य राजिनामा दिएर महानगरको मेयरमा उम्मेद्वार बनेका कृष्ण थापा आफ्ना पूर्वसहकर्मी धनराज आचार्यसँग नराम्ररी पराजित भए ।
थापा अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि मेयरका आकांक्षी थिए । एमालेबाट पोखराको मेयर बन्ने दौडमा अन्तिम तीन प्रतिस्पर्धीमध्येका थापाले टिकट पाएनन् ।
२०७४ को स्थानीय तह निर्वाचनमा मानबहादुर जिसीले टिकट पाए र मेयर बने । यसपटक जसरी पनि टिकट हात पार्ने रणनीतिमा थापा थिए ।
टिकट त पाए तर धनराजले ५८ हजार मत पाउँदा थापाले ५२ हजार मात्रै मत पाए । उसो त उनी गण्डकी सरकारमा एमालेका पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकारमा मन्त्री हुन जोडबल गरे पनि नेता खगराज अधिकारी समूहका थापाको जोर चलेको थिएन ।
लामो राजनीति यात्रा बोकेका विजय सुवेदी प्रदेश सांसद छोडेर भरतपुर महानगरको मेयर बन्न गए । गठबन्धन भित्रबाट नेपाली कांग्रेसका जगन्नाथ पौडेलले बागी उम्मेद्वारी दिएपछि सहज मैदानमा मानेका सुवेदीले आफ्नै पार्टीको मत जोगाउन सकेनन् ।
उनी नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालसँग पारजित भए । उनलाई गठबन्धनबाट मेयर बनेकी दाहालले ५२ हजार २८ मत ल्याइन् भने सुवेदीलाई ३९ हजार ५ सय ८२ मत मात्रै आयो ।
सुवेदी १६ वर्षको उमेरदेखि नै कम्युनिस्ट राजनीतिमा लागेका थिए । २०३७ सालमा चितवनको गुञ्जनगर बसाइ सरेका सुवेदीको परिवार २०६५ देखि भरतपुर–१२, मिलनचोकमा स्थायी भएको हो
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल