Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जाेखिम बढेपछि बिपी राजमार्ग अनिश्चितकालका लागि बन्द

काठमाडौँ । सम्भावित बाढीको जोखिम तथा सडक निर्माण कार्यका कारण काभ्रेपलाञ्चोक–सिन्धुलीस्थित बिपी राजमार्ग र हुम्लाको हिल्सा–सिमकोट सडक खण्डमा सवारी आवागमन अस्थायी रूपमा बन्द गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनाअनुसार काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी हुँदै सिन्धुली जोड्ने बिपी राजमार्गमा बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारी सञ्चालन रोकिएको हो। उक्त सडकखण्डमा २०८३ वैशाख २१ गते साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म चल्ने सबै प्रकारका सवारीसाधन अर्को सूचना जारी नभएसम्म बन्द रहने जनाइएको छ।

त्यसैगरी, हुम्लाको नाम्खा गाउँपालिका–२ स्थित च्यादुक क्षेत्रमा सडक विस्तारको काम भइरहेका कारण हिल्सा–सिमकोट सडक खण्डमा पनि यातायात अवरुद्ध गरिएको छ। च्यादुक होटलदेखि च्याछरासम्म सडक खन्ने क्रममा माथिबाट ढुङ्गा तथा माटो खस्ने जोखिम बढेकाले वैशाख २९ गतेदेखि जेठ २ गतेसम्मका लागि सवारी आवागमन रोकिएको प्रहरीले जनाएको छ।

प्रहरीले यात्रु तथा चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न र आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।