Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जिल्ला भ्रमणमा विद्यालाई बलियो साथ

प्रधानमन्त्री ओली झन् झन् कठोरकाठमाडौं । नेकपा एमालेका बादशाह अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली आफ्नो स्वार्थका खातिर कतिसम्म नांगै हुन्छन् । उनी पछि समाज छ । त्यो समाजमा कानुन जानेका र राजनीति गरेका अरु पनि छन् । नकेपा एमाले र केपी ओलीको मात्र नेपाल राज्य हैन । राज्य व्यवस्थाको स्वरूप लोकतन्त्रात्म्क गणतन्त्र, समावेशीकरण हो भन्ने बुझ्न प्रधानमन्त्रीले सक्दैनन् । देश समावेशीकरणमा गयो तर एमाले र काँग्रेसले देश कता लग्दैछन् त्यो जनताले देखेको छ ।
संवैधानिक अंगमा आफ्ना सबै ल्याउनका लागि प्रधानमन्त्रीले चलाएको अस्त्र आफैं खिया लागेको हतियार भइसक्यो । त्यो हतियारका रूपमा संसदका उपसभामुखको जागिर खोसेर त्यहाँ काँग्रेसको प्रतिनिधित्व गराउने ओलीको योजनामा भिजिट भिसा प्रकरणका नायक गृहमन्त्री रमेश लेखकको बर्खास्ती त परेन परेन काँग्रेस उपसभापति धनराज गुरुङको सहकारी ठगी प्रकरण पर्ने कुरै भएन । मन्त्री पदमा छँदै जापानमा मानव तसकरी गर्ने कोशी प्रदेशका लिलाबल्लभ अधिकारीको पद गयो कारबाही भएन । अञ्जला कोइरालाको सहकारी लुटको कथा आफ्नै छ । जापानजानेसँग ३१ लाख उठाउने एमालेकै कार्यकर्ता थिए । यो भ्रष्टीकरणमा एमालेमा ओलीका भक्त काँग्रेसमा देउवाको सर्वश्रेष्ठले सघाए पनि विवेक भएकाहरूको साथ थिएन ।
प्रधानमन्त्री ओलीले आफ्ना लागि जे पनि गर्छन् । लोकप्रिय बन्न बुट्टे योजना ल्याउने र संघीयता, समावेशीताको जह्रो किलो फाल्ने गरी तीनले बनाएका योजना उपसभामुख विरुद्धको हस्ताक्षर काण्ड तुहिए जस्तै हो । एमालेका उनका दाश र हनुमान धेरै छैनन् । पूर्व राष्ट्रपतिमाथि उनले चलाएको कैंची मोरङ जिल्ला कमिटीले खिया लगाइदियो । जबकि त्यहाँ प्रमको राज चल्थ्यो । शेरधन राईले बोल्न सकेनन्, गुण्डाका नायक परशुराम बस्नेतलाई खटाएर फेसबुक काण्ड प्रचार गरियो अब मोरङमा एमाले बचाउने तिनै गुण्डा बस्नेत भएका छन् ।
समावेशीतामा काँग्रेस, एमाले नांगै भएको प्रमाण हो यो । देश लुट्ने तिनै, गणतन्त्रमाथि प्रहार गर्ने केपी ओली र डा. आरजु भएपछि संविधानको मर्म र भावनाको कदर कहाँ हुन्छ ? जुन देशमा सत्ताको अपराधमा प्रेसले प्रश्न उठाउँदा प्रहरीको साइबर ब्यूरो लगाइन्छ । लोकप्रियतावादका पक्षधर केपी ओली छन् भने लोकतन्त्रका पक्षधर काँग्रेसका डा. शेखर, माओवादी, रास्वपा, नेकपा एकीकृत लगायतका शक्ति छन् । यिनै ठालुको बदमासीका कारण रास्वपा जनमत, नागरिक उन्मुक्ति आए । अहिले सत्ताका कारण जनमत र नाउपाले आफ्नो पहिचान ओलीको पाउमा पु¥याए । जसको लाइन छैन त्यसैलाई साथ दिने एमालेको अ‍ोली गुटको चरित्र हो । दलीय मोर्चा सत्ता स्वार्थका बन्दैछन् । त्यही कारण प्रमले साना दलको साथमा हामी दुई तिहाई छौं, हामीले जे गरे पनि यो बेला कानुन सम्वत हुन्छ भन्दै नांगिने काम गरेका हुन् । ओली महाराजलाई हजुर नांगै हुनुहुन्छ भन्ने आँट एमालेका पानी मरुवा पदाधिकारीहरूको छैन । त्यसैले राज्यले मनपरी गरेको हो । यो साम्राज्यका विरुद्ध काँग्रेसका विद्रोहीहरूले आँट गरेका हुन् ।
आफ्नाले मानव तस्करी गरे पनि छूट पाउने, अरुले अन्तर्वार्ताका लागि समय मिलाइदिन चिठी लेख्नु अपराध ? आफैंले भुटानी शरणार्थी प्रकरण गराएको खुलम खुल्ला घोषणा गर्दा एमालेमा प्रश्न उठ्दैन किन ? त्यही कारण त्यहाँ विद्या भण्डारीको खाँचो भएको हो । एमालेका अध्यक्ष एवं प्रम केपी ओलीले गर्ने धन्दा यस्तै हुन्छन् । जसले महाकालीमा राष्ट्रघात गर्न पार्टी प्रयोग ग¥यो, पैसा आफैंले कुम्ल्यायो ।
एउटैले दशकौंसम्म लुट्ने र स्वार्थगत निर्णय गर्दाकै कारण एमालेमा ओलीको विकल्प खोजियो । काँग्रेसको हालत त्यही छ । माओवादीका प्रचण्डको धरातल छैन । हरके चुनावमा स्थान परिवर्तन गर्न उनी बाध्य छन् । ससदलाई लुटेराकै अखडा बनाएका यी शक्तिहरू आज यसरी नांगै हुन्छन् भन्ने जनतामा थिएन । एमाले, काँग्रेसभित्रै सास भएका केही छन् तिनले ओलीको उडन्ते योजना पत्याएनन् ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल