Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जीवन विकास लघुवित्तले घोषणा गर्यो ३७.३६ प्रतिशत लाभांश

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई ३७.३६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
सञ्चालक समितिको शनिबार बसेको बैठकले आव २०७८ । ७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको २८ प्रतिशत बोनस शेयर र ९.३६८४ प्रतिशत नगद लाभांश करसहित प्रस्ताव गर्ने निर्णय गरेको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ३ करोड ४२ लाख ८० हजार रुपियाँ छ ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् ।


सम्बन्धित समाचार