Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । नेपालमा गत हप्ता अक्सिजनको चरम अभाव भयो । अक्सिजनको अभावको हल्ला बजारमा चल्न थालेपछि केही पहुँचवालाले व्यक्तिले स्टक राख्नाले अस्पतालमा अक्सिजनको हाहाकार भएको कोभिड उपचारमा संलग्न चिकित्सकहरुले आरोपसमेत लगाएका थिए ।
जसले गर्दा धेरै कोभिड बिरामीले समयमै अक्सिजन नपाउँदा मृत्युसमेत भयो । अक्सिजनकै अभावमा कति संक्रमतिको ज्यान गयो भन्ने तथ्याङ्क चाहिँ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छैन । कोरोना संक्रमितमध्ये सामान्य अवस्थाका १० प्रतिशत संक्रमितलाई अक्सिजन चाहिन्छ । यस्तै जटिल अवस्थामा पुगेमा ७ प्रतिशत संक्रमित अक्सिजनको आवश्यकता पर्छ । र ३ प्रतिशत संक्रमितलाई आइसीयू र भेन्टिलेटर आवश्यक पर्ने स्वास्थ्य मन्त्रालयको अनुमान छ । अहिले पनि अक्सिजन, हाइ डिपेन्डेन्सी युनिट, आइसीयू र भेन्टिलेटरमा उपचार गर्नुपर्ने बिरामीको बढ्दै गइरहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारसम्म १ हजार ५ सय ९० आईसीयू र ३९० जना भेन्टिलेटरमा उपचाररत छन् । संक्रमित संख्या बढेसँगै जेठ र असार महिनासम्म जटिल केस थप बढ्ने स्वास्थ्य मन्त्रालयले आँकलन गरेको छ । त्यसका लागि जेठमा १ लाख ९० हजार र असार महिनामा २ लाख ३३ हजार सिलिन्डर चाहिने आँकलन गरिएको छ । यसरी अक्सिजनको माग बढ्दै गएपनि सरकारलाई दैनिक ६ हजार सिलिन्डर अक्सिजनको आपूर्ति गर्न हम्मेहम्मे भइरहेको छ । यी दुवै महिनामा गरि २८ करोड ७५ लाख ६ हजार ८३७ लिटर अक्सिजन आवश्यक पर्ने सरकारको अनुमान छ ।
तर, संक्रमित बिरामीलाई आवश्यकताको आधार सहज रुपमा उपलब्ध गराउन सकेको छैन । अक्सिजन अभाव भइरहेकै बेला देशभर १ लाख ११ हजार ३ सय ६४ सिलिन्डरभन्दा बढि रहेको सरकारले जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उपत्यकाभित्रका १० उद्योग र बाहिर १९ उद्योगमा ठूलो ७२ हजार २ सय ५० र सानो ३९ हजार १ सय १४ सिलिन्डर रहेको छ । तर, कोभिड बिरामीले आवश्यकताको आधारमा सहजरुपमा अक्सिजन पाउन सकिरहेका छैनन् ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल