Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जोशीको उपचारमा सरकारको १० लाख

काठमाडौँ । जटिल अवस्थामा नर्भिक अस्पतालमा उपचार गराइरहेका नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारमा १० लाख रूपैयाँ सहयोग गर्ने सरकारले निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले जोशीको उपचारमा १० लाख रूपैयाँ सहयोग गर्ने निर्णय गरेको उपप्रधानमन्त्री ईश्वर पोखरेलले जानकारी दिए । नर्भिक अस्पतालमा उपचाररत जोशीको स्वास्थ्य अवस्था बुझ्न थापाथली पुगेका उपप्रधानमन्त्री पोखरेलले सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको परिवारजनलाई जानकारी गराएका छन् । जोशीलाई भेन्टिलेटरमा राखिएको छ । उनको स्वास्थ्य अवस्था गम्भीर तर स्थिर रहेको अस्पतालले जनाएको छ ।