Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जोशीको बयान सकियो, आजै पोखरा लगिँदै

काठमाडौँ । काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्न पूर्व डीआईजी छबिलाल जोशीसँग प्रहरीले बयान लिएको छ । मंसिर ४ मा उनलाई काठमाडौँमा ल्याएर जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृत र सरकारी वकिलले बयान लिएका हुन् ।

उनीसँगको बयान पुरा भएको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले रा बताए । प्रहरीले उनलाई शुक्रवार नै पोखरा पठाउने भएको छ । उनलाई मध्यान्ह पोखरा पठाउन लागिएको प्रहरीका एकजना उच्च अधिकृतले जानकारी दिए । जोशीमाथि प्रहरीले पोखराको सुर्यदशर्न सहकारी र बुटवलको सुप्रिम सहकारीको रकम अपचलनबारे पनि अनुसन्धान गरिरहेको छ ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम गोरखा मिडिया नेटवर्कमा अवैध तरिकाले गएको भेटिएको छ । प्रारम्भिक अनुसन्धानबाट १ करोड ८२ लाख गोरखा मिडियामा अवैध तरिकाले लगेर अपचलन गरेको भेटिएको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए । स्वर्णलक्ष्मीका ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् ।

पूर्वडीआईजी जोशी गोरखा मिडियाका सञ्चालक हुन् । उनी विरुद्ध पनि काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । जोशीको नाममा स्वर्णलक्ष्मीबाट १ करोड ३० लाख ऋण निकाशा भएको भेटिएको छ । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्


सम्बन्धित समाचार

केयुकेएलबाट तिरेशको भूत हट्यो

२०८३ जेष्ठ १२

ताजा नेपाल

सशस्त्र डिआईजीहरू चुपचाप

२०८३ जेष्ठ १२

ताजा नेपाल

वैगुनवादी ओली, चाकडीवादी प्रचण्ड

२०८३ जेष्ठ १२

ताजा नेपाल