Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
एजेन्सी । भारतको हरिद्वारमा जारी कुम्भ मेलाका बीच निर्वाणी अखाडाका महामंडलेश्वर कपिल देवको बिहीबार कोरोना संक्रमणपछि मृत्यु भएको छ । कुम्भ मेलामा पूर्वराजा ज्ञानेन्द्र शाहसमेत सहभागी भएका थिए । कोरोनाको बढ्दो मामिलालाई मध्य नजर गर्दै अखाडा परिषद्को दोस्रो ठूलो निरंजनी अखाडाले १५ दिन अघि नै कुम्भ मेला सकिएको जानकारी गराएको छ । निरंजनी अखाडाका सचिव रवीन्द्र पुरीले बिहीबार कुम्भको मुख्य शाही स्नान पूरा भएको जानकारी दिए । उनको अखाडाका साधु–सन्तहरुलाई कोरोनाभाइरस संक्रमणको लक्षणहरु देखिन थालेको छ । हरिद्वारमा हालसम्म ३० साधुलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ । यो सरकारी आँकडा हो, तर संक्रमित साधुहरूको संख्या योभन्दा बढी भएको बताइएको छ । स्वास्थ्य अधिकारीहरुले अलग–अलग अखाडामा गएर साधुको पीसीआर परीक्षण गरिने जनाएको छ ।
कोरोनाको स्थितिलाई मध्यनजर गर्दै निरंजनी अखडासँगै अन्य सन्यासी अखाडाले पनि कुम्भ मेला समाप्त गर्ने घोषणा गर्न सक्ने अनुमान गरिएको छ । हरिद्वारमा कुम्भ मेलाको समय ३० अप्रिलसम्म रहेको छ । तर, पछिल्लो पाँच दिनमा त्यहाँ २ हजार १६७ संक्रमणको मामिला आइसकेको छ । यसका बावजुद अधिकारीहरुले ३० अप्रिलसम्म मेला चल्ने बताएका छन् । तर, अहिले अखाडाहरुले आफै मेला सक्ने घोषणा गरेका छन् । मिडिया रिपोर्टका अनुसार पछिल्ला १० दिनमा करीब ७० प्रमुख सन्त कोरोना संक्रमित भइसकेका छन् । हरिद्वारको कनखल क्षेत्रमा १० हजार सन्त र समर्थक बसिरहेका छन् ।
२०८१ माघ २१
ताजा नेपाल
२०८१ माघ ९
ताजा नेपाल
२०८१ माघ ४
ताजा नेपाल