Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ज्ञानेन्द्रलाई कप्तानबाट किन हटाइयो ?

काठमाडौँ । नेपाली क्रिकेट टिमको क्याप्टेनबाट ज्ञानेन्द्र मल्ललाई हटाइएको छ। उनको स्थानमा सन्दीप लामिछानेलाई ल्याइएको छ। उनीसहित दीपेन्द्रसिंह ऐरीलाई क्रिकेट टिमबाट हटाउने निर्णय नेपाल क्रिकेट संघले बुधबार गरेको हो।
उनीहरुलाई मर्यादाविपरीतका आचरण गरेको आरोपमा पदमुक्त गरिएको हो। अनुशासन उल्लंघनबारे गठित समितिको सिफारिसका आधारमा मल्ल र ऐरी पदमुक्त भएका हुन्। नेपाल क्रिकेट संघ (क्यान) ले सेन्ट्रल कन्ट्राक्टमा खेलाडीहरुलाई गर्ने वर्गीकरणलाई लिएर कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरीले विभिन्न सञ्चारमाध्यममा विरोध जनाएका थिए। उनीहरुले खेलाडीहरुलाई सेन्ट्रल कन्ट्राक्टमा हस्ताक्षर नगर्न उक्साएको आरोप पनि लागेको थियो।
सोमपाल कामीलगायत केही खेलाडीहरुले खेलाडी वर्गीकरणमा आफूलाई भेदभाव गरेको भन्दै असन्तुष्टि जनाएका थिए भने सम्झौतामा हस्ताक्ष गर्न समेत अस्विकार गरेका थिए। त्यसपछि क्यानले छानबिन समिति बनाएको थियो।


सम्बन्धित समाचार

इरानलाई ट्रम्पको कडा चेतावनी

२०८३ जेष्ठ ४

ताजा नेपाल

नेताहरुलाई जिम्मेवारी दिँदै ओली

२०८३ जेष्ठ ४

ताजा नेपाल