Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ज्यादती नगर्न प्रहरीलाई निर्देशन

काठमाडौं । लकडाउन कडाई गर्ने नाममा सर्वसाधारण र चिकित्सकहरुमाथि समेत प्रहरीको ज्यादती देखिएपछि प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले लकडाउन कार्यान्वयन गर्ने नाममा सर्वसाधारणमाथि ज्यादती नगर्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएका छन् । लकडाउन कार्यान्वयन गर्ने क्रममा प्रहरीले सर्वसाधारणमाथि ज्यादती गर्न लागेका विषय सार्वजनिक भएपछि आईजी ज्ञवालीले प्रहरी अतिरिक्त महानिरीक्षकसहित मातहतका प्रहरी अधिकृतहरुलाई बोलाएर सर्वसाधारणसँग नम्र भएर प्रस्तुत हुन निर्देशन दिएका हुन् ।
आईजी ज्ञवालीले शुक्रबार ३ जना अतिरिक्त महानिरीक्षकहरु तारणि लम्साल, शैलेश थापा र हरिबहादुर पालसहित काठमाडौं उपत्यकाका प्रमुखहरुलाई बोलाएर प्रहरीबाट सर्वसाधारणलाई लाठी बर्साउने काम तत्काल बन्द हुनुपर्ने चेतावनी समेत दिएका छन् । आईजी खनालले महानगरीय प्रहरी आयुक्तको कार्यालय प्रमुख डीर्आजी विश्वराज पोखरेल, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदी, ललितपुर परिसर प्रमुख एसएसपी टेकप्रसार राई, महानगरीय ट्राफिक महाशाखा प्रमुख एसएसपी भीम ढकाल, भक्तपुर परिसर प्रमुख एसपी सविन प्रधान लगायतलाई बोलाएर लकडाउनका बेला प्रहरीबाट सबै प्रकारका दुर्व्यवहार बन्द गर्न भनेका हुन् ।
यस्तो छ १० बुँदे निर्देशन
१ परिचालनपूर्व प्रहरी कर्मचारीहरुलाई अनिवार्य ब्रिफिङ गर्ने,

२ आवत जावतका लागि जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध गराउने पासको बारेमा अनिवार्य रुपमा जानकारी गराउने,

३ अत्यावश्यक सेवाअन्तर्गत पर्ने तथा आवत जावत गर्न पाउनेहरुको बारेमा अनिवार्य रुपमा जानकारी गराउने,

४ खटिने प्रहरी कर्मचारीहरुलाई आफ्नो काम कर्तव्यको बारेमा बोध गराउने,

५ सर्वसाधारणलाई दुर्व्यवहार, कुटपिट, अनावश्यक हैरानी जस्ता गतिविधि नगरी मानवोचित व्यवहार गर्ने,

६ खटिने प्रहरी कर्मचारीहरुले आफ्नो स्वास्थ्यको ख्याल गरी चेकजाँच तथा सोधपुछ गर्ने,

७ आकस्मिक तथा काम विशेषले आवत जावत गर्नु परेमा कहाँ, को–कसलाई जानकारी गराउनुपर्ने हो, सो सम्बन्धमा सर्वसाधारणलाई सञ्चार माध्यमहरुबाट जानकारी गराउने व्यवस्था मिलाउने,

८ खटाएको ड्युटीहरुको नियमित अनुगमन गर्नेरगराउने

९ प्रहरी कर्मचारुहरुले बर्दि लगाइ आफ्नो परिवार तथा आफन्तहरुलाई लिइ गरिने लामो यात्रामा रोक लगाउने,

१० संगठनको छविमा आँच आउने किसिमका क्रियाकलाप गर्ने प्रहरी कर्मचारीउपर विभागीग कारबाही गर्ने ।


सम्बन्धित समाचार