Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ज्योति विकास बैंकको ‘सुपर स्मार्ट सेभिङ्ग्स’ बचत योजना

काठमाडौं । ज्योति विकास बैंकद्वारा ‘सुपर स्मार्ट सेभिङ्ग्स’ बचत योजना सार्वजनिक गरेको छ । न्युनतम मौज्दात मात्र रु. १५ मा १५ महिनासम्म १५ सुविधाहरु निःशुल्क तथा विशेष छुट सहितको निक्षेप योजना बैंकले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरेको हो ।
ग्राहकहरुको आवश्यकतालाई मध्यनजरमा राखी ग्राहकहरुलाई अधिकतम लाभ प्रदान गराउनुका साथै आर्थिक रुपले समृद्ध बनाउने उद्देश्यका साथ ‘सुपर स्मार्ट सेभिङ्ग्स’ बचत खाता संचालनमा ल्याइएको हो ।
यस खाताले ग्राहकलाई बचतसंगै आईपीओहरुमा हरुमा लगानीको सुरुवात गर्न सहजता प्रदान गर्नेछ । हाल बजारमा उपलब्ध बचत खाताहरुमा पाईने सुविधाहरु भन्दा यस बचत खातामा ग्राहकहरुले दोब्बर सुविधाको लाभ पाउने बैकले जानकारी दिएको छ ।
यो खाता बैंकको सम्पूर्ण १२१ शाखाहरु र अनलाइन मार्फत् पनि खोल्न सकिने छ । यो योजना बचत तथा लगानी संगै एउटै बचत योजनाबाट अधिकतम लाभ लिन चाहने सम्पूर्ण ग्राहकवर्गहरुका लागि उपयुक्त खाता भएको विश्वास बैंकले लिएको छ ।


सम्बन्धित समाचार