Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

झन् झन् कडा बन्दै अस्ट्रेलिया सरकार

काठमाडौं । आफ्नो आप्रवासन नीतिमा पछिल्लोपटक कडाइ गर्दै गइरहेको अस्ट्रेलिया सरकारले विद्यार्थी भिसाको नियमबारे थप प्रस्ट पारेको छ। बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अस्ट्रेलियाकी गृहमन्त्री क्लेयर ओनिलले पर्यटक भिसा र टेम्पोररी भिसामा रहेकाहरू पुन विद्यार्थी भिसाका लागि योग्य नहुने बताएकी छन्। पछिल्लोपटक पर्यटक भिसामा आएर विद्यार्थी भिसामा जानेहरूको संख्या बढिरहेको थियो भने लामो समय विद्यार्थी भिसामा रहिरहने प्रवृत्ति पनि बढिरहेको थियो। यो नियम जुलाई १ बाट लागू हुने नयाँ आप्रवासन नीतिमा समेत समेटिएको छ। कानुनी छिद्रहरूलाई प्रयोग गर्दै लामो समय भिसा लम्ब्याएर अस्ट्रेलिया बसिरहनेहरू यसबाट प्रभावित हुने छन्। यो नियमसँगै त्यस्ता कानुनी छिद्रहरूमा विराम लाग्ने विश्वास गरिएको छ। गृहमन्त्री क्लेयरद्वारा जारी विज्ञप्तिमा पछिल्लो १० महिनामा ३६ हजार जना पर्यटक भिसाबाट र टीआरबाट ३२ प्रतिशत विद्यार्थी भिसामा गएको उल्लेख छ। तर उनीहरूले आफ्नो देश फर्केन पुन विद्यार्थी भिसामा भने आवेदन दिन सक्नेछन्। नयाँ नियमले नेपाली विद्यार्थीहरू पनि प्रभावित हुने छन्। अस्ट्रेलियामा नेपाली विद्यार्थीको संख्या तेस्रो ठूलो छ।