Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

झलनाथ र वामदेवबीच ४ घण्टा भलाकुसारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र वरिष्ठ नेता वामदेव गौतमबीच भेटवार्ता भएको छ। खनाल निवास डल्लुमा पुगेका गौतमले चार घण्टा लामो छलफल भएको नेता गौतमले बताए। झलनाथसँगको भेटपछि उनले नेपाल प्रेससँग भने, चार वर्षपछि हाम्रो भेट भएको यसरी हो। हामीबीच अन्तरङ्ग कुराकानी भए। हामी जीवन मरणका साथी हौँ। चार घण्टा बसियो। मित्रतापूर्ण ढङ्गले कुराकानी भए। उनले पार्टीभित्रको अब एकताबद्ध बनाएर लानेबारे पनि छलफल भएको बताए। ‘पार्टीभित्र देखिएको समस्या समाधान गरेर जानुपर्छ, पार्टीलाई आगामी कार्यक्रमबारे पनि छलफल भए’ उनले भने। खनाल सचिवालयले भने दुई नेताबीच समसामयिक राजनीति विषयमा छलफल भएको भनेको छ। नेता गौतम हालै मात्रै नेकपा एस प्रवेश गरेका हुन्। अध्यक्ष माधव नेपालसँग नेता खनालको वाकयुद्ध चलिरहेको बेलामा नेता गौतमसँग भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। माधव–झलनाथबीच विवाद चर्किएपछि नेकपा एसले स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ। माधव झलनाथबीचको विवाद उत्कर्षमा पुगेर एक अर्कालाई पार्टी छाडेर जान समेत भनिसकेका छन्। नेता खनालले एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि गर्न नसकेको अभिव्यक्ति दिएपछि अध्यक्ष नेपाल रुष्ट छन्।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल