Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । झापा जिल्ला प्रमुख जिल्ला अधिकारी शिवराम गेलाले जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको बताएका छन्। उनका अनुसार झापाका हरेक मतदान केन्द्र शान्त छन्। हामीले सोधेका थियौँ, एमाले अध्यक्ष केपी ओली र रास्वपाका बालेन साह भएको निर्वाचन क्षेत्रको स्थिति के छ ? सिडिओ गेलालले भने, जिल्लाभरिका कुनै पनि घटना भएको छैन, सबै शान्त रहेको रिपोर्ट छ। शान्तिपूर्वक मतदान भइरहेको छ। झापा ५ मा २४ जना उम्मेदवार छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद संग्रौला उम्मेदवार रहेको यो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीले रञ्जित तामाङलाई चुनावी मैदानमा उतारेको छ। यो क्षेत्रमा एमाले अध्यक्ष ओली र रास्वपाका बालेनबीच हुने प्रतिस्पर्धालाई उत्सुकतापूर्वक हेरिएको छ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल