Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं– मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घन्टा देशको पूर्व, मध्य र पश्चिम क्षेत्रका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ । वर्षाका कारणले गर्दा देशको पहाडी भू(भागमा पहिरो जान सक्ने तथा तराइमा वहने नदीहरुमा जलको वहाव र स्तर हल्का बढ्न सक्ने सम्भावना रहेको देखिएको महाशाखाले जनाएको छ । साथै, हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटिका कारण सामान्य अवरोध आउने सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
महाशाखाका अनुसार पश्चिमी भू(भागमा आंशिक देखि सामान्य वदली रहेको छ। पश्चिमी भूभागका तथा मध्य भू(भागका केहि स्थानहरु तथा पूर्वी भू(भागका धेरै स्थानहरुमा मनसूनी वर्ष भैरहेको छ । मनसुन न्यून चापिय रेखा नेपालको तराई भू(भागमा अवस्थित छ जसको कारण मनसुनि गतिविधि देशभर सक्रिय अवस्थामा रहेको महाशाखाले जनाएको छ ।
आगामि तीन दिनको मौसम पूर्वानुमान
असार ३० गते (सोमबार)
दिउँसोः देशभर सामान्य देखि पूर्णतया वदलि रही देशका धेरै स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानमा र पश्चिमका एक वा दुइ स्थानमा भारि वर्षा हुने सम्भावना छ।
रातिः देशभर पूर्ण वदलि रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पश्चिमी र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पूर्वका एक वा दुइ स्थानमा भारि वर्षा हुने सम्भावना छ।
असार ३१ गते (मंगलबार)
दिउँसोः देशभर सामान्य देखि पूर्ण वदलि रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको मध्य र पश्चिमका क्षेत्रका एक वा दुइ स्थानमा भारि वर्षा हुने सम्भावना छ।
रातिः देशभर सामान्य देखि पूर्ण वदलि रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पश्चिमी क्षेत्रका एक वा दुइ स्थानमा भारि वर्षा हुने सम्भावना छ ।
श्रावन १ गते (बुधबार)
दिउँसोः देशभर सामान्य वदलि रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ।
रातिः देशभर सामान्य देखि पूर्ण वदलि रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्वी क्षेत्रका एक वा दुइ स्थानमा भारि वर्षा हुने सम्भावना छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल