Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

टर्की भूकम्पमा ९० जनाको ज्यान गयो

एजेन्सी । टर्की भूकम्पमा परी अहिलेसम्म सिरियामा ४२ जनासहित कम्तीमा ९० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। स्थानीय समयानुसार सोमबार बिहान ७।८ म्याग्निच्युडको भूकम्प गएको हो। टर्की र सिरियामा गरी अहिलेसम्म ९० जनाको मृत्यु भएको पुष्टि भएको छ। मलात्यामा २३, सनलिर्फामा १७, दियारबाकीरमा ६ जना र ओस्मानियामा ५ जनाको मृत्यु भएको हो। सिरियाको सिमानमा ४२ जनाको मृत्यु भएको सिरियाको समाचार संस्थाले जनाएको बीबीसीले उल्लेख गरेको छ। भूकम्पका परी ४२ जना घाइते भएका छन्। १४० वटा भवन भत्किएको प्रारम्भिक रिपोर्ट छ।