Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राजनीतिप्रति जनताको वितृष्ण जागेपछि त्यसलाई मेटाउन र राजनीतिलाई शुद्ध र सेवामुखि बनाउन युवा नेतृत्व जागेको छ । पढेलेखेका युवाहरुहरु अहिले स्थानीय सरकारको नेतृत्व लिन अग्रसर भएका छन् । तिनै युवाहरुकोबीचबाट राजधानी काठमाडौंको उत्तरीक्षेत्रमा अवस्थित टोखा नगरपालिकाका नेपाली काँग्रेसले सक्रिय युवा नेतृ रजनि थापालाई मेयरको उम्मेदवार बनाएको छ । सत्ता गठबन्धनको उम्मेदवारको रुपमा प्रस्तुत भएकी रजनी थापा राजनीतिसँगै समाज सेवालाई पनि अगाडि बढाउँदै आएकी युवती हुन् । चार विषयमा एमए सकेकी थापा विद्यावारिधीको तयारीमा पनि छिन् । रजनी फाउन्डेशन मार्फत् सामाजिक क्षेत्रमा सक्रिय उनको अन्तर्राष्ट्रिय जगतमा समेत सम्बन्ध रहेकाले स्थानीय तहमा जनताका तत्कालिन समस्या समाधानका निम्ति अन्तर्राष्ट्रिय जुटाउन सक्ने उम्मेदवारको रुपमा लिइएको छ । शिक्षा, स्वास्थ्य र खानेपानीका समस्याहरु देशैभरका साझा हुन् भने टोखा क्षेत्रमा जनताको मागअनुसार स्थानीय तहले कार्ययोजनाहरु प्रस्तुत गर्नुपर्ने आवश्यकता रहेको छ । सत्ता गठबन्धनका नेताहरुबीच भएको सहमतिअनुसार रजनी जस्ता युवाहरुलाई स्थानीय तहको नेतृत्व सुम्पनु मुलुकको निम्ति पनि सकारात्मक पक्ष हो । उनीसँग मेयर पदका आकांक्षीहरु दर्जनौं थिए । तर पार्टीले जिल्ला, क्षेत्र र प्रदेश समितिबाट उनको नाम सिफारिश गरेपछि ति आकांक्षीहरुलाई पार्टीको प्रतिष्ठा बचाउन र टोखामा सत्ता गठबन्धनका उम्मेदवारहरुलाई जिताउनका लागि पनि एकजुट हुनुपर्ने अवस्था सिर्जना भएको छ । त्यहाँ माओवादीलाई उपमेयर र तीन वडाध्यक्ष र केही सदस्य दिएर नेपाली काँग्रेसले आफ्नो चुनावी अभियान अगाडि बढाउने तयारी गरिरहेको बताइन्छ ।
२०८३ जेष्ठ ३
ताजा नेपाल
२०८३ जेष्ठ ३
ताजा नेपाल
२०८३ जेष्ठ ३
ताजा नेपाल