Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

टोखामा चुनाव लाग्यो, यी हुन् मेयरका दाबेदार

काठमाडौं । चुनावी गठबन्धन केन्द्रदेखिनै गर्न भनेर काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन परिचालन र पद भागवण्डाका लागि गठबन्धनबीचमा तयारी भइरहँदा स्थानीय तहमा काँग्रेस माओवादीले आफ्नो तर्फबाट मेयर, उपमेयरका आकांक्षीको प्रतिक्रिया लिन थालेका छन् । काँग्रेसले टोखा नगरपालिकाका आकांक्षीसँग सोमबार बहस चलायो । क्षेत्रीय समितिले चलाएको त्यो बहसमा कसी नारायण श्रेष्ठ, मुरारी तामाङ, मनोज भण्डारी, कृष्ण केसी, मनिस जोशी, हरिहर अधिकारी, बसन्त श्रेष्ठलगायत दर्जनौ आकांक्षीले मेयर पदका लागि दाबी गरेका थिए ।
त्यस्तै उपमेयरमा भरत विडारी, तारा लामा, भवानी केसी, बन्दना पौडेल, इन्दिरा चौलागाई, सीता घिमिरेले दाबी गरेका छन् । टोखा नगरमा काँग्रेसले मेयर माओवादीले उपमेयर लिने तयारी गर्दैछन् । माओवादीले नगर समितिबाट उम्मेदवार चयन गर्न कल्पना शर्माको नेतृत्वमा ५ सदस्यीय टोली गठन गरेको छ । यो टोलीले आफ्नो संगठनको अवस्थाको समिक्षा गर्दै गठबन्धनभित्र सर्वसम्मत निर्णय गरी जनतासँग भिजेको राजनीतिक निष्ठा र इमान्दार आकांक्षीहरुको नाम छनोट गर्ने बताइएको छ । सम्भवत टोखा नपामा दीपक बानियाँ, माओवादीको तर्फबाट उपमेयर हुनेछन् एमालेले हालका मेयर प्रकाश अधिकारीालई नै अगाडि सार्दै छ । गठबन्धनले ठूला मतदाता भएको गोंगबु र धापासी क्षेत्रबाट मेयर, उपमेयर पदमा उम्मेदवार छनोट गर्नु पर्ने बाध्यता छ । त्यसैगरी सो नगरपालिका अन्तर्गतका वडाहरुमा पनि गठबन्धन मिलाएर उम्मेदवार दिलाउने गरी काँग्रेस र माओवादीको आन्तरिक छलफल चलाउनेक्रम बढेको छ । काँग्रेसले वडा तहमा घरदैलो अभियान शुरु गरेको छ भने माओवादी पनि यो अभियानलाई तिव्रता दिने तयारीमा रहेको शेखर श्रेष्ठले बताएका छन् ।