Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ट्रम्पले पुटिनलाई देखाए शक्ति

एजेन्सी । डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनले कुनै पनि विषयमा कुनै सहमति घोषणा नगरी अलास्का शिखर बैठक टुंग्याएका छन्। तीन घण्टा लामो वार्तापछि ट्रम्पले सकारात्मक प्रगति भएको बताए भने पुटिनले रुसको सुरक्षा प्रमुख मुद्दा रहेको भन्दै आफ्नो अडान कायम रहेको संकेत गरे। कुनै सहमति नभए पनि यो वार्तामा आफैँमा एउटा ऐतिहासिक घटना थियो। एक दशकपछि पहिलो पटक पुटिनले अमेरिकी भूमि टेकेका थिए। उनको स्वागतमा ट्रम्पले रातो कार्पेट ओछ्याएर न्यानोपन त देखाए नै साथसाथै भारी मात्रामा सैन्य शक्ति प्रदर्शन गर्ने मौका पनि उनले छाडेनन्। उसै पनि अलास्काको एल्मेन्डर्फ सैन्य अखडामा वार्ता भएको थियो। त्यसमाथि पुटिनको विमानलाई अमेरिकी फाइटर जेटहरूले एस्कोर्ट गरेका थिए। पुटिन विमानबाट ओर्लेर आफूनजिक आइपुग्दा ट्रम्पले ताली पिटेका थिए। उनीहरू मञ्चतर्फ लम्किँदै गर्दा टाउकोमाथिबाट एउटा बी–२ बमवर्षक विमान र अरु लडाकु जेट उडाइएको थियो। गत जुनमा सोही बमवर्षकबाट अमेरिकाले इरानका आणविक केन्द्रहरूमाथि आक्रमण गरेको थियो। दुवै राष्ट्रपति एकछिन रोकिएर सो विमानतर्फ हेरेका थिए। जमिनमा ट्रम्पले पुटिनको स्वागतमा कुनै कसर नछाडे पनि यो दृश्यले अमेरिकी सैन्य शक्तिको कठोर यथार्थ प्रदर्शन गर्थ्यो। युद्ध नरोकिए रुसले गम्भीर आर्थिक परिणाम बेहोर्नुपर्ने चेतावनी ट्रम्पले दिँदै आएका छन्। उनको यो शक्ति प्रदर्शनले आवश्यक पर्दा सैन्य शक्ति उपयोग गर्न पनि अमेरिका पछि नहट्ने सन्देश दिन्थ्यो। मञ्चमा पुग्दा एबीसी न्युजका एक पत्रकारले सोधे, ‘राष्ट्रपति पुटिन, नागरिकहरूलाई मार्न कहिले बन्द गर्नुहुन्छ ?’ पुटिनले कानमा हात लगेर सुन्न कठिन भएको संकेत गरे। त्यसपछि ट्रम्पले आफ्ना अतिथिलाई राष्ट्रपतिको सवारीतर्फ डोर्‍याए। लहरै राखिएको एफ–२२ लडाकु विमानको माझमा ‘द बिस्ट’ भनिने राष्ट्रपतिको गाडीमा चढेर दुवै राष्ट्रपति वार्तास्थलतर्फ लागे। पुटिनको आफ्नै लिमोजिन भने खाली रह्यो।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल