Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
१८ असार, काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्ना पूर्वसहकर्मी पुष्पकमल दाहाल प्रचण्डलक्षित कटाक्ष गर्दै सबैलाई सधैं ठग्न नसकिने बताएका छन् ।
मंगलबार बिहान बदलिएको राजनीतिक समीकरणतर्फ संकेत गर्दै सामाजिक सञ्जाल एक्समा एक स्टाटस लेख्दै भट्टराईले सत्ता संकटमा परेका प्रचण्डप्रति कटाक्ष गरेका हुन् ।
उनले एक चर्चित भनाइ उल्लेख गर्दै लेखेका छन्, केहीलाई सधैंभरी ठग्न सकिन्छस सबैलाई केहीबेर ठग्न सकिन्छ, तर सबैलाई सधैंभरी ठग्न सकिन्न।
सशस्त्र विद्रोहताका लामो सहकार्य रहेको डा. भट्टराई र दाहालबीच उतारचढावपूर्ण सम्बन्ध रहँदै आएको छ ।
चुनावताका हेर्नलायक जुगलबन्दीमा रहेका नेताद्वयको सम्बन्ध चुनावपछि चिसिएको छ । चुनावताका भट्टराईले प्रचण्डका लागि आफूले जित्दै आएको गोरखा–२ छोडिदिएका थिए भने प्रचण्डले पनि भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई आफ्नो पार्टीको चुनाव चिह्न दिए ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल