Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ठगी खाने भाँडो भन्दै मदन भण्डारी फाउन्डेसनप्रति ओलीको आक्रोस

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्ध चिसिँदै जाँदा प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसन ठगीखाने भाँडो बनेको आरोप लगाएका छन्। सोमबार च्यासलमा मदन आश्रित प्रतिष्ठानका पदाधिकारीलाई शपथ खुवाउँदै यसबारे प्रश्न उठाएका हुन्। त्यो त्यतिकै व्यक्तिगत बनाएको छ, व्यक्तिको हो कि परिवारको हो जस्तो, ओलीले भने, श्रीमान, श्रीमतिको हो कि आन्दोलनको निम्ति काम गर्छ कि ? के हो त्यो ठगीखाने भाँडो बनेको छ। त्यो पार्टीका नाममा बनाइएको संस्था हो। हाल मदन भण्डारी फाउन्डेसनको अध्यक्ष पूर्वराष्ट्रपति विद्या भण्डारीकी छोरी उषाकिरण भण्डारी छिन्।
उनले संस्थाहरू सबै पार्टीप्रति निष्ठावान हुनुपर्ने भन्दै संस्थालाई व्यक्तिगत जस्तो बनाउनु उचित नभएको समेत उल्लेख गरे। यस्तो खालको हुनुहुँदैन, सबै संस्थाहरू पार्टीप्रति, आन्दोलनप्रति निष्ठावान हुनुपर्दछ, ओलीको भनाइ छ, आफ्नो व्यक्तिगत संस्थाका रुपमा प्रयोग गर्ने अनि त्यसलाई आन्दोलनको अहित हुनेगरी प्रयोग गर्ने कुराहरु उचित होइनन् । आन्दोलनको विपरित हुनेगरी प्रयोग गर्ने कुरा उचित होइन, उनले थपे। उनले फाउन्डेसनका पदाधिकारीको अभिव्यक्तिप्रति असन्तुष्टि समेत जनाए। त्यो आगामी दिनमा के हुन्छ, त्यो हुनपर्ने अवस्था चाहिँ बनेको छ, ओलीले भने, कसरी जान्छ त्यो भन्ने कुरा हेर्नुपर्ने अवस्था बनेको छ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल