Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालबाट अलग भएर महन्थ ठाकुर नेतृत्वमा गठन गरिएको लोकतान्त्रिक समाजवादी पार्टीको नौवटा केन्द्रीय संरचना हुनका साथै ४०१ सदस्यीय केन्द्रीय कार्यसमितिमा १० जना पदाधिकारी रहने छन् ।
लोसपाले निर्वाचन आयोगमा बुझाएको विधान अनुसार राष्ट्रिय महाधिवेशन, केन्द्रीय समिति, केन्द्रीय राजनीतिक समिति, केन्द्रीय कार्यकारिणी समिति, सल्लाहकार समिति, केन्द्रीय विज्ञ समिति, अनुशासन समिति, निर्वाचन समिति र लेखापरीक्षण समिति गरी पार्टीको नौवटा केन्द्रीय संरचना रहने छ ।
यस्तै, केन्द्रीय समिति ४०१ सदस्यीय हुनेछ भने १५१ सदस्यीय केन्द्रीय राजनीतिक समिति हुनेछ । २४ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति हुने व्यवस्था विधानमा गरिएको छ ।
निर्वाचन आयोगमा पठाएको विधानमा यी प्रावधान रहे पनि त्यसमा हेरफेर हुन सक्ने सम्भावना रहेको लोसपाका कार्यकारिणी समिति सदस्य जितेन्द्र सोनलले बताए । उनले भने, ‘पार्टी दर्ताका लागि हतार हतारमा विधान, नियमावली, घोषणापत्र बनाएर दिएका हौं, एउटा रिभ्यु कमिटी बनाएर सबैमा थपघट गर्नेछौं ।’
२०८३ भाद्र २६
ताजा नेपाल
२०८३ भाद्र २६
ताजा नेपाल
२०८३ भाद्र २६
ताजा नेपाल