Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ठूला खरिद सकिएपछि ओम्नी लाई कारबाहीको नाटक, सैलुङको पालो कहिले ?

काठमाडौं । कोरोना कहरले मुलुक आतंकित बन्दा देशको किनमेलको जिम्मा ओम्नी समूहलाई दिएर पन्छिएको सरकार अहिले ठूला किनमेल सकिएपछि ओम्नीलाई डाम्ने नाममा एक वर्षका लागि कालो सूचिमा राखेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले समयमै करार सम्पन्न गर्न नसकेको भन्दै तीन निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको हो ।

किसानलाई आवश्यक परेको बेला कृषि मल उपलब्ध नगराउने, हिल्लामे सडक रमिता बनाएर छाड्ने तर नेकपाका अध्यक्ष प्रचण्डलाई घरमा सजाएर राख्ने बदनाम ठेकेदार शारदाप्रसाद अधिकारीको सैलुङ कन्स्ट्रक्सनलाई भने कृषि सामग्री कम्पनी र पशुपंक्षी तथा कृषि मन्त्रालयले कारबाहीको प्रक्रिया अगाडि बढाएको सुनिएको छैन ।

सार्वजनिक खरिद कार्यालयले स्वास्थ्य सामग्री खरिदको जिम्मा पाएर विवादित बनेको ओम्नी समूह (ओबिसीआइ)लाई कालोसूचीमा राखेको छ। ओम्नीले स्वास्थ्य सामग्री आपूर्ति गर्ने जिम्मा पाएर पनि समयमै सम्पन्न गर्न सकेको थिएन। समयमै आपूर्ति गर्न नसकेपछि ठेक्का रद्द गरेको स्वास्थ्य सेवा विभागले ओम्नीलाई कालोसूचीमा राख्नका लागि सिफारिस गरेको थियो। यस कम्पनीसँग रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलका छोरा स्वराज पोखरेल, विष्णु रिमालका छोरा क्षितिज पोखरेल तथा आइटी क्षेत्रका माफिया असगर अली जोडिएका छन् ।

विभागको सिफारिसअनुसार कार्यालयले १ वर्षका लागि कालोसूचीमा राखेको हो। यो अवधिमा ओम्नीले कुनै पनि टेन्डरमा सहभागी हुन पाउने छैन। कार्यालयले अरुण कन्स्ट्रक्सनलाई पनि १ वर्षका लागि कालोसूचीमा राखेको छ। त्यस्तै वीटी, टौदह र फस्कु जेभीलाई पनि २ वर्षका लागि कालोसूचीमा राखेको छ।