Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ठूला सवारी चालक तालिम

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा २०औं समूहको हलुकारहेभी सवारी चालक उन्नत तालिम सुरु भएको छ ।
सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ई।नरोत्तमलाल प्रधानले बुधबार आयोजित कार्यक्रममा उक्त तालिम उद्‍घाटन गर्नुभयो । सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक प्रधानले योग्य र दक्ष चालक उत्पादन गर्ने लक्ष्य सहित तालिम संचालन गरिएको उल्लेख गर्दै अनुशासित र लगनशील भई मेहनतका साथ तालिम हासिल गरी तालिम उपलव्धिमूलक बनाउन प्रशिक्षार्थीहरुलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा प्रहरी निरीक्षक अनुप श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा १६ दिन कार्य अवधिको उक्त तालिममा प्रहरी हवल्दार ४ जना र प्रहरी जवान ५१ जना गरी कूल ५५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिनुभयो ।