Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डढेलो लागेर उपत्यका अन्धकारमा

काठमाडौं । चैत लागेसँगै देशभरका विभिन्न वनजंगलहरुमा डढेलो लाग्ने क्रम सुरु भएको छ । खडेरी सुरु भएसँगै मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासीलगायत जिल्लाका वनहरुमा डढेलो सल्किएका छन् । शुक्रबार र शनिबार पनि बाराको निजगढ आसपासमा रहेको वनमा ठूलो आगलागी भएको छ । मकवानपुरको भीमफेदीलगायतको ठाउँको वनहरुमा समेत आगलागी भइरहेको छ । वन विभागको तथ्यांकअनुसार शुक्रबार मात्रै ४३७ ठाउँका वनजंगलमा आगलागी भइरहेको छ । यो गत वर्षको यही अवधिको तुलनामा उच्च दरको वनडढेलो हो । वन विभागका जीआईएस शाखाका उपसचिव सुन्दर शर्माका अनुसार ५४ जिल्लाका वनमा डढेलो देखिएको छ । विभागका अनुसार पश्चिम तराई, मध्य तराई र पश्चिमी तथा मध्यपहाडी क्षेत्रका वनमा बढी डढेलो लागेको छ । बिहीबारसम्म यस्तो आगलागी ४७ जिल्लामा मात्रै थियो ।