Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डन हुन् र महावीरलाई पैसा दिने ? उनको आविस्कारले कसलाई चुनाव जिताउँछ ?

काठमाडौं । पर्शुराम बस्नेत, रमेश बाहुन, दीपक मनाङे, मीलन चक्रेहरुले कागजपत्र पुर्याएको भए महामारीको बेला करोडौं निकासा गर्न कुनै कठिनाई हुँदैनथ्यो । तर कुनै पार्टी र गुटको फेरो नसमातेका वैज्ञानिक महावीर पुन यतिबेला मुलुकको स्वास्थ्यका बलियो सारथी बनेका छन् । नेताले जति लुटे पनि हुने महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले एक पैसा नपाउने कम्युनिष्ट शासन देशमा बढेको महामारीविरुद्ध लड्नु पर्नेमा कमिशन र दलालीमा छ । रु ३ करोड आर्थिक सहायता पाएको केन्द्रले दाताको भरमा चलेको छ । राज्यको दायित्व त्यहाँ छैन ।

चिकित्सकहरूले गरेको आग्रहमा १३ प्रकारका सुरक्षित सागम्री निर्माण मात्र गरेन सरकारी स्वामित्वको गंगालाल अस्पताल, वीर अस्पतालमा समेत भेन्टिलेटर निःशुल्क निर्माण, मर्मत गरेको केन्द्रले भेन्टिलेटरको खर्च बचाइदिँदा पनि राज्यले आविष्कार केन्द्रलाई चिनेन । महावीरले सर्पदंश केन्द्र खोलेनन् । मरेका नेताका नाममा प्रतिष्ठान खोलेर लुटेका होइनन् । मुखले समृद्धि र विकास व्यवहारमा राष्ट्रकोष विनास गर्दै आएको ओली सरकारले आफैंले चुनावमा उठाएका विकासे कार्यक्रमलाई ध्यान दिएन । विश्व महामारीको रुपमा आएको कोरोना आतंक सरकारका भष्मासुरहरूका लागि कमाइको माध्यम भयो । सरकार थामसेर्कु, यति एयरको कमाईमा चिन्तित छ । १ अर्ब ५० करोडको काम रु ३ अर्ब ५० करोड बनाएर नीतिगत लूट मच्चाउने एजेन्डा बनाइयो ।

राज्यकोषबाट उपचार खर्च लिन नेताहरूले नछाड्ने, गरिब र निमुखाको हितमा कम्युनिष्टले सिन्को भाँच्न नपर्ने अनौठो जनवाद लागू गरिएको छ । पार्टी एकता गर्दा प्राप्त उल्लास थेग्न लुटमा सक्रिय नेताहरूले ध्यान दिएनन् । अहिले पार्टी फुटाउन सत्तापक्ष जुटेको छ । देशको भयावह वातावरण बालुवाटारले देख्दैन । राष्ट्रिय आविष्कार केन्द्रको आवश्यकता र महत्व ओलीको समृद्धिमा परेन ।


सम्बन्धित समाचार