Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । विवादस्पद छविका डा. जागेश्वर गौतम वीर अस्पतालको कार्यकारी बनेर आए । अस्पतालका कर्मचारी, डाक्टर, नर्स आदिले ६ महिनादेखि कोभिड भत्ता पाएका छैनन् । डाक्टर जागेश्वरले सो भत्ताको माग गर्ने कर्मचारीहरुलाई आज प्रहरी लगाएर कुटपिट गराए । व्यस्थापकीय दृष्टिमा कमजोर डाक्टर गौतम अस्पताल सुधार त परको कुरा सत्ता अहंकार र दमनमा उत्रिएपछि उपचारका लागि गएका बिरामीहरु समेत झन् संकटमा परेका छन् । उनले अस्पतालको वार्षिक कार्यक्रममा कुनै गतिविधि गरेनन् । विगतमा वीर अस्पताल हरेक वर्ष साउन १२ गते वार्षिक कार्यक्रम गर्छ । अस्पतालले वार्षिक कार्यक्रममा ओपीडी निशुल्क गथ्र्याे भर्ना भएका बिरामीलाई फलफूल वितरण गर्ने कर्मचारीको जमघटमा मन्त्री उपस्थित गराएर सुधारात्मक योजना ल्याउने गथ्र्याे । तर यस पटक डा. जागेश्वरको काम भनेको अस्पतालमा २ अर्ब बराबरको खरिद गरेर धन कमाउने र इश्वर पोख्रेलहरुलाई खुसी पार्ने मै बितेको छ ।
कोभिड १९ को कमाण्डर बनेर आएका डा. गौतमले आन्तरिक सुधारका कुरामा भन्दा नयाँ भवनमा आवश्यक सामाग्री खरिद गर्दा एमाले महासचिव पुत्रको कम्पनीलाई जिम्मा लगाए । जबकी त्यो कम्पनी औषधीजन्य सामाग्री खरिद गर्ने अनुभव प्राप्त होइन । अस्पतालका चिकित्सकहरु मात्र होइनन् कर्मचारी समेत असन्तुष्ट भएका छन् । स्वास्थ्य मन्त्रालयले देशको जेठो अस्पतालको सुधार त गर्दैन त्यहाँ हुने लुटतन्त्रमा आँखा चिम्लिएकोले पनि कर्मचारीहरुमा निराशा पैदा गरेको छ । एमालेका केही नेताहरु सत्ताकाल भ्रष्टाचार र लुटमा केन्द्रीत भई रहेको बेला वीर अस्पतालको रमिता आफ्नै छ ।
कोभिड वार्डका सामाग्री दाताहरु कै भर परेको वीर अस्पतालको आन्तरिक सुधार भएको छैन । त्यहाँ लुट्नेले लुटेकै छन् । दलीय आधारमा खरिद, स्टोर, लेखामा डा. गौतमले आफ्नै टीम बनाएका छन् । स्वास्थ्य मन्त्रालयको प्रवक्ता हुनु अगाडि उनी प्रशुति गृहमा प्रमुख थिए । अहिले वीर अस्पतालमा कर्मचारीलाई साथ लिएर यीनले काम गरेको अवस्था छैन । वीर अस्पतालको सेवा लिन गरिब जनताको भिड लाग्छ । तर व्यवस्थापनको सुधार त्यहाँ छैन । गरिब अस्पतालबाट सेवा लिन पुग्नेहरु पहँुचका आधारमा सेवा सजिलै लिन्छन् तर गरिब हैरान पर्छन् ।
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल