Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी नेतृ तथा पूर्वसांसद डा तोसिमा कार्कीले पार्टी नछोड्ने र ललितपुर क्षेत्र नम्बर ३ बाटै चुनाव लड्ने उद्घोष गरेकी छन् । सामाजिक सञ्जालमा फैलिरहेका पार्टी छोड्ने भ्रमपूर्ण हल्लाप्रति प्रतिक्रिया दिँदै उनले पार्टीप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्याएकी हुन् । डा कार्कीले स्ट्याटसमा लेखेकी छन्, रास्वपालाई वैकल्पिक होइन, मूलधारको मध्यमार्गी नेतृत्व गर्ने बहुमतसहितको बृहत पार्टी बनाउन सुरुवातदेखि नै लागेकी छु। मैले दुःख गरेको, राजनीति शुरु गरेको र सपना देखेको पार्टी हो, मलाई माया लाग्छ। उनले पार्टी सुदृढ, विस्तारित, अब्बल र लोकतान्त्रिक बनाउन निरन्तर प्रयास गरिरहेको बताउँदै ६० जिल्ला तथा विदेशमा प्रवास विभाग गठनमा भूमिका निर्वाह गरेको उल्लेख गरेकी छन् । कृपया अब फेरि विलखबन्दमा नपर्नुहोला,’ उनले सबैलाई आग्रह गर्दै भनेकी छन्, ‘म डा तोसिमा कार्की राष्ट्रिय स्वतन्त्र पार्टीमै रहन्छु। यसैलाई फलाउँछु, फुलाउँछु र देश निर्माण गर्ने बहुमतको पार्टी बनाउँछु। उनले ललितपुर क्षेत्र नम्बर ३ बाटै उम्मेदवारीका लागि पार्टीमा दावेदारी पेश गरिसकेको जानकारी गराएकी छिन् । डा कार्की यसअघि २०७९ को निर्वाचनमा पनि ललितपुर ३ बाटै रास्वपाबाट उम्मेदवार बनेर विजयी भएकी थिइन् । उनले यो क्षेत्रमा आफ्नो बलियो पकड बनाएकी छन् । उनी रास्वपाभित्र जुझारूपन र तार्किक क्षमताका लागि चिनिन्छिन् ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल