Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डा.सापको पद त्याग !

जनतालाई सेवा दिने,देशको विकास गर्ने, राष्ट्रिय स्वाभिमान र आत्मागौरब एजेण्डालाई स्थापित गर्ने हो भने दलका नेताले पदिय लोभ र सत्ताको आकाक्षा त्याग्नै पर्छ । देशको आशा लाग्दो राजनितीज्ञ तथा प्रविधिकका रुपमा परिचित डा.बाबुराम भट्टराइको भावी राजनीति विजय पराजय के हुन्छ भन्न सकिदैन । तर उनी कहाँबाट कहाँ पुगे त्यो बाध्यताले के गर्यो भन्दा पनि उनको क्षमता र बौद्धिकतालाई देशले सही सदुपयोग गर्न सकेन । किनकी देशमा उनीहरुको खाचो थियो समयले त्यो पुरा गर्ने ठाउँ दिएन ।
जनयुद्धले स्थापित गरेको लालध्वज अर्थ मन्त्री पनि भए प्रधानमन्त्री पनि भए । तर सत्ताको सुमेरु हुदाँ उनी पनि संसदीय विकृतिमा डुबे । गुटगत स्वार्थ अहिले केपी ओलीको जस्तै थियो । देवेन्द्र पौडेल गंगा श्रेष्ठहरुको व्याहारले पार्टीका धेरै पुराना सहयोगीहरु टाढीएकै हुन् । यती सम्मकी उनको टीमका पत्रकारहरु पदका निम्ती लडाई नै गर्दा तत्कालिन क्रान्तिकारी पत्रकार संघ लज्जीत भएकै हो । गुट को खेती राजनितीक पहिचान तत्कालीन माओवादीले पनि चलायोे । प्रचण्ड २ पटक प्रम भए उनले गुटवाद र परिवारवाद अंगालेकै कारण अहिले अपमानित छन् । आफ्नो कमीकमजोरी पचाउन नसक्ने नेतामा डा.पर्दछ । उनको व्यावहार र अहिले केपी ओलीको व्यहार उस्तै हो । भाग खोज्ने र अन्र्तकलह चर्काउदा चर्काउदा गोरखाको राजनितीमा थपिएका नारायण काजीको टिम अहिले जसरी नाफा नोक्सान तौलीदै छ । त्यही ताल त्यही गती सरकार प्रमुख हुदाँ उनको टिममा देखियो । अहिले उनी खाए खा नखाए घिचमा पुगेका छन् । सिद्धान्त आर्दश नीति कतै नमिल्ने रौटहट काण्डका नायक उपेन्द्र्र यादवको पदिय हैसियत कठ्ठै डा. अटाएनन् । सिद्धान्त त्यागेका कम्यिुनिष्ट र भारतभक्त्तहरु एकै हुन् ।
राजनिती जस्तो होस डा. भट्टराई र उपेन्द्र विच नत अध्ययन अनुभव र योगदानको तौल मिल्छ नत हिजोको पार्टीकै लिगेसी । मधेसीदलहरुका योगदानलाई सत्ता शतिm र होडवाजीको जोखना हेर्न सकीदैन ।तर यसपटक निर्वाचन आयोगमा पार्टी दर्ता गर्दा उनले अशोकराईलाई वरिष्ठ स्वीकार गरे । महन्त ठाकुर र उपेन्द्रलाई अध्यक्ष राजेन्द्र महोतोलाई समेत वरिष्ठता नै चाहियो । पदका लागी सवै दलमा भोकलोभ लालचा प्राथमिकतामा परेको बेला डा. भट्टराई टिपेसले नाम मेटाइए र पार्टी सत्तामा चौथो स्थानमा रहदाँ नेवारवाद र आफन्त बाहेक कार्यकर्ता शुभेच्छुक र अन्यलाई चिन्न नसक्ने हिसीला २४ औ रनरअफमा थन्कीन पर्यो । धन्न छ राजनिती यीनले दलत्यागेर देश निर्माण मंच खोलेर नक्साको व्यापार गरे राम्रो हो । किनकी वर्तमान राजनितीक चरित्र नैतिकहिन र स्वार्थी भयो ।
मधेश र जनजाती केन्द्रित शतिmले राष्ट्रियता स्वाभिमान सर्वभौम अखण्डताको पक्षमा कति बफादार हुने भन्ने कुरा त सरिता गिरी अमृता अग्रहरी राजेन्द्र महतोको संसदमा उर्लेको भारत भत्त शैलीका विचमा डा.भट्टराईको साइनो जोडीएको छ । मुलुकको राजनिती स्थिती एक पछि अर्केा गर्दै विग्रेको छ । ओली सरकारलाई जनताले चिने । नेकपाको हैसियत जनता र राष्ट्रप्रतिको दायित्व प्राथमिकतामा पर्छकी कमीसन र विचौलियाको भाउँ दिलाइन्छ । त्योत कोरोना कहरका बेला ओली सरकारका बदनाम पात्रले झल्काए । नेपाली भुमी हडप्ने भारतको हेपाह चरित्रमा शतिजानेहरु डा.का सहयात्री छन् । उनको बौद्धिकताको नेपाली राजनितीले समय अनुसार प्रयोग गर्न हिजो पनि सकेन भोली के सक्ला ?
नेकपाको चाल यसरी दुर्गन्धीत भएका बेला डा. बाबुराम जस्ता प्राविधिक क्षमता भएको व्यक्तिmको खाँचो समाजलाई थियो । तर उनले बाटो विराए । परिवर्तनको झण्डा उडाउने कार्यकर्ता भट्टराईको राजनिती विचलन बाट निरास र आक्रोसित थिए । अहिले चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी भन्ने उखान त उनको चौथो दर्जा स्विकारोतmीले झल्कायो । अहिले मुलुक कोरानाले ग्रस्त छ । मधेशका क्षेत्रीय दलको नेतृव्वमा प्रदेश २ कोरोना माहामारीको प्रथम भएको छ । त्यहाँका जनता भोकभाकै मोरेका छन् । मधेशको राजनितीमा ढाडीएका डाइनोसरहरुले भोकले व्याकुल भएको समाजलाई केही दिएनन् । उनीहरु आफ्नै पदमा लडीरहेका छन् ।