Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डाँका गर्दै गरेको अवस्थामा हातहतियार सहित ४ जना पक्राउ

धनुषा । जनकपुर उपमहानगरपालिका(२ स्थित दिपक बजाज र अमित अग्रवालको जानकी फर्निसिङ नामको फर्निचर पसलमा डाँका गर्दै गरेको अवस्थामा विभिन्न हातहतियार सहित ४ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत विहार सितामढी बस्ने ४० वर्षीय मोहमद ईलयास, भारत बर्गिनिया बस्ने ३९ वर्षीय ओजिर अंसारी, रौतहट वृन्दावन नगरपालिका(१ रमौली बैरिया बस्ने ३५ वर्षीय गगन पटेल र रौतहट गौर नगरपालिका( ४ बस्ने ४५ वर्षीय विनोद प्रसाद सिंह रहेका छन् । उनीहरुको साथबाट कटुवा पेस्तोल १ थान, त्यसको गोली २ राउण्ड, ताल्चा काट्ने कटर १ थान, ७ सय रुपैयाँ नगद, ठुलो पेचकस १ थान, काटेको अवस्थामा रहेको पसलमा लगाउने ताल्चा २ थान, उनीहरुले प्रयोग गरेको चप्पल १ थान र मोबाइल १ थान प्रहरीले बरामद गरेको छ ।
उक्त फर्निचर पसलको सटरको ताल्चा काटी भित्र प्रवेश गरी नगद पैसा राख्ने सेफ समेत फुटाई डाँका गर्दा(गर्दैको अवस्थामा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले देखी नियन्त्रणमा लिने क्रममा उनीहरुले कटुवा पेस्तोल झिकी भाग्न खोजेको र प्रहरीले १ राउण्ड हवाई फायर गर्दा समेत नरोकिए पछि पुनस् गोली फायर गर्दा गोली लागेर विनोद प्रसाद सिंह घाइते भएका थिए । घाइते विनोदको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार