Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डार्विनको ‘जीव विकास सिद्धान्त’ झुठो प्रमाणित

  • गोपाल पाल्पाली आचार्य

 

‘ईश्वरका हत्यारा’ नामबाट आरोपित बेलायतका प्रकृति शास्त्री चाल्र्स रोबर्ट डार्बिनले प्रतिपादन गरेको जीव विकासको सिद्धान्त लाई प्रमाणिक सिद्धान्त भनेर पढाइने गरिन्छ । उनले यो सिद्धान्त बीगल नामको पानीजहाजमा यात्रा गर्ने क्रममा संग्रहित गरेका हुन् । इसाईयतसँग जोडिएर पादरी बन्ने तयारी गरिरहेका डार्विनलाई संयोगवस एउटा समुन्द्री यात्रा गर्ने अवसर मिल्यो । सन् १८३१ देखि १८३६ सम्म पाँच वर्षे लामो समुन्द्री यात्राका क्रममा उनले पानी जहाजभित्र बसेर यात्रा गर्दागर्दै पानीमा हुने जीवहरूको बारेमा अध्यन गरेर जीव विकासको सिद्धान्त प्रतिपादन गरेका हुन् । पादरी बन्नका लागि कतै जान पानी जहाजमा चढेका डार्बिन पानी जहाजबाट ओर्लने बेलामा विकासवादको सिद्धान्तका बैज्ञानिक बनेर निस्किए ।

चाल्र्स डार्विन शुरुमा अनिश्वरवादी थिएनन् । आफ्नो अटोबायोग्राफीमा डार्विनले बुवाको चाहनाअनुसार पादरी बन्नका लागि अनेकौं इसाई धर्मग्रन्थहरूको गम्भीरतापूर्वक अध्ययन गरेको र चर्च अफ इंग्ल्याण्डका सबै धर्मसूत्रप्रति आफ्नो मनमा विश्वास बढेको बताउँदै बाइबलका प्रत्येक शब्दमा वर्णित सत्यको कडा र अक्षरसः पालना गर्न आफूलाई कुनै सन्देह नरहेको लेखेका छन् । इसाई धर्मग्रन्थ र तिनका विचारबाट प्रभावित डार्विनले आफ्नो शुरुवाती दुवै समुद्री यात्रामा आफूसँगै बाइबल पनि लिएर गएका थिए तर यात्राका क्रममा जब उनले विकासवादी सिद्धान्त संग्रहित गर्न थाले, त्यो दौरानमा आफु ‘विज्ञान’ को नजिक भएको जिकिर गरे । जुन सिद्धान्त उनले संग्रहित गरिरहेका थिए, त्यो सिद्धान्त बाइबल संग मेल खाएन । त्यसपछि डार्विन इसाई धर्मबाट टाढिँदै गए । डार्विन र इसाई धर्मगुरूहरू परस्परको विचारधाराप्रति व्यापक विरोधी भएपछि चर्च र तिनका अनुयायीका लागि डार्विनको मानव विकास सिद्धान्त अमान्य हुन पुग्यो । इसाई धर्मगुरूका विचारमा डार्विनको सिद्धान्तले मनुष्य र जनावरबीच रहेको फरकलाई नै समाप्त पारेको थियो । त्यसभन्दा पनि गम्भीर आरोप लगाउँदै डार्बिनको सिद्धान्तले परमेश्वर, उनका पुत्र यशु र इसाईहरूको धर्मग्रन्थ बाइबलको अस्तित्वमा नै प्रश्न खडा गरेको भन्ने अवधारणा व्यक्त भयो ।

बाइबलका अनुसार परमेश्वरले पहिलो दिन सूर्य र पानी बनाए । दोश्रो दिन आकाश । तेस्रो दिन पानीलाई एकै ठाउँमा जम्मा पारेर ईश्वरले धर्ती र समुद्र बनाए तथा पृथ्वीमाथि वन जंगल लगाए । चौथो दिन परमेश्वरले ताराहरूको निर्माण गरे । पाँचौ दिन परमेश्वरले समुद्री जीवका साथै आकाशमा उड्ने पंक्षीहरू बनाए । र, छैठौं दिन परमेश्वरले धरती र जनावरमाथि अधिकारका लागि आफ्नो छवि भएको मानवको रचना गरेर उसलाई आशीर्वाद दिइयो । र, सातौं दिन परमेश्वर (यहोबा) ले विश्राम गरे । उक्त विचारधारासँग डार्बिन सहमत भएनन् । डार्विनको विकासवादको सिद्धान्तले बाइबलको ठ्याक्कै उल्टो एउटा पृथक कथा भन्दछ । डार्विनले विकासवादमा आधारित आफ्नो पुस्तक ‘द ओरिजिन अफ द स्पेसिज’ मा वनस्पति र जीवित प्राणीहरूलाई ईश्वरले अलग–अलग बनाउने तर्कलाई अस्वीकार गरेका थिए ।

डार्बिनको तर्कअनुसार सबै जीव केही निश्चित जीवधारी पूर्वजका वंशज हुन् । जुन समयानुसार परिवर्तित भएर पृथ्वीमा लाखौँ प्रजातिको प्रादुर्भाव भएको हो । उनका अनुसार पुस्तौँ पुस्ता को सूक्ष्म परिवर्तनका कारण जीवहरूमा ठूलो फरकपन घटित भएको थियो । जस्तो कि, ‘माछाहरू नै जल र थलका जन्तुमा परिणत भएको’ तथा ‘बाँदरबाट मानिस बनेको’ भन्ने अवधारणा डार्बिनले व्यक्त गरे । उनले व्यक्त गरेको यहि परिवर्तनको अवधारणा लाई परिवर्तनको ‘महाविकास’ भन्ने मान्यता स्थापित गरियो । अब प्रश्न यहाँनेर खडा हुन्छ । अठारौं शताब्दी ताका डार्बिनले राखेको अनुमानित अवधारणा लाई अहिलेको एक्काइसौं शताब्दीको आधुनिक बिज्ञानले स्विकार्नुपर्ने कारण के ? बिज्ञान पनि अनुमानमा चल्ने विषय हो र ? डार्बिनले जुन अवधारणाको प्रतिपादन गरे त्यसलाई पुष्टि गर्नसक्ने कुनै ठोस बैज्ञानिक कारण अहिलेसम्म पनि उपलब्ध छैन । पानी जहाज यात्राका क्रममा उनले एउटा डायरीमा जे जे संग्रहित गरे, अहिलेको नयाँ युगको बिज्ञानले पनि त्यै कुरालाई खुरुखुरु स्विकार्नु कत्तिको जायज होला ? ओक्लाहोमा विश्वविद्यालयका भूबिज्ञानका प्रोफेसर डा. डेभिड किट्सका अनुसार ‘जीव विकासका लागि प्रजातिहरू बीचको मध्यवर्ती रुप आवश्यक पर्छ तर जीवाश्म बिज्ञानले कुनै अन्य प्रजातीको संसर्ग बिना त्यसको डीएनएको स्वरुप अचानक परिवर्तन गर्दैन ।’ लर्ड जुकरम्यानका अनुसार बादरको शरीरबाट मानिस बन्ने कुनै ‘जीवाश्मको निशान’ अहिलेसम्म भेटिएको छैन ।

हार्वर्डका स्टीफन जे गोल्डका अनुसार डार्विनको सिद्धान्तमा उल्लेख भए अनुसार ‘जीवाश्म क्रमिक परिवर्तन हुने र अन्य प्रजातीमा रुपान्तरण हुने“ कुरालाई जीवाश्म बिज्ञानले समर्थन गर्दैन र त्यस्तो रेकर्ड पनि भेटिदैन । जे गोल्ड अगाडी भन्छन्– ‘डार्विनलाई बैज्ञानिकको रूपमा प्रशिक्षण दिइएको थिएन । उनी एउटा प्रकृति शास्त्री थिए ।’ प्रसिद्ध जीवाश्म विशेषज्ञ नाइल्स एल्ड्रेडका अनुसार ‘भू–बैज्ञानिक हरूले पछिल्लो ५०० मिलियन बर्षका सबै पुराना चट्टानहरूका विभाजित तहहरू फेला पारेका छन्, जसमा कुनै संक्रमणकालीन स्वरुपहरू भेटिएनन’ डा. एल्ड्रेड भन्छन्– ‘अहिलेसम्म कसैले पनि त्यस्ता संक्रमणकालीन जीवहरूको कुनै प्रमाण फेला पारेका छैनन्, जसले जीवाश्मको भ्रुणमा संक्रमण गरेर त्यसको स्वरुप परिवर्तन गरोस्’ संक्रमणकालीन जीवाश्मका बारेमा विश्वप्रसिद्ध जीवाश्मविद् कोलिन प्याटरसनका अनुसार ‘त्यस्तो कुनै जीवाश्म छैन, जसको लागि कसैले ठोस तथ्य दिनसक्छ ।’

फ्रान्समा सबैभन्दा ठूलो जीवित वैज्ञानिक मानिने जीवविज्ञानी डा. पियरे ग्रासले ‘डार्विनवादका सबै रूपहरूमा अग्रगामी आक्रमण सुरु गर्न’ एउटा पुस्तक लेखे । ग्रासे धार्मिक कट्टरपन्थी होइनन्, तैपनि उनले विकासलाई ‘स्यूडो–विज्ञान’ भने । स्वीडेनको यूमिया विश्वविद्यालयका जू–फिजियोलोजीका प्राध्यापक डा. सोरेन लोभट्रपका अनुसार– ‘विज्ञानको सम्पूर्ण शाखा भूटो सिद्धान्तको लतमा परेको खण्डमा यो ठूलो दुर्भाग्य हो भनेर कसैले इन्कार गर्नेछैन भन्ने मलाई लाग्छ । तर जीवविज्ञानमा यही भएको छ । लामो समयदेखि मानिसहरूले विकासवादी समस्याहरूलाई विचित्र ’डार्विनियन’ शब्दावलीमा छलफल गर्छन्, …त्यसैले उनीहरूले प्राकृतिक घटनाहरूको व्याख्यामा योगदान पुरÞ्याउँछन् भन्ने विश्वास गर्छन् । उनले भने, ‘मलाई विश्वास छ कि एक दिन डार्विनको मिथकलाई विज्ञानको इतिहासमा सबैभन्दा ठूलो छलको दर्जा दिइनेछ ।’ उनले यो पनि भने, ‘डार्विनको विकासवाद ‘विज्ञान विरोधी हो ।’

वैदिक बिज्ञानको अनुयायी गौरब साहका अनुसार, विकासवादीले विकासवादी सिद्धान्तमा मानव महिलाको अण्डा र पुरुषको शुक्रकीटको संसर्गलाई बेवास्ता गर्दछ । अन्य स्तनधारी प्राणीहरू जस्तै मानव महिलामा एक्सएक्स सेक्स क्रोमोजोमहरू हुन्छन्, र पुरुषमा एक्सवाई सेक्स क्रोमोजोमहरू हुन्छन् । महिलाको अण्डा (ओभम) मा एक्स–क्रोमोजोम हुन्छ र पुरुषको शुक्रकीटमा महिलाको प्रजननका लागि एक्स–क्रोमोजोम हुन्छ वा पुरुषको प्रजननका लागि वाई–क्रोमोजोम हुन्छ । आमाको कोखमा बच्चा (भ्रुण) हुँदा पोथीको अण्डाहरू सबै अण्डाशय भित्र विकसित हुन्छन् । विकासवादीहरूले वातावरणीय कारकहरूले विकासवादी श्रृंखलामा सन्तानहरूमा साना परिवर्तनहरू निम्त्याउने दाबी गर्छन् । यद्यपि, महिलाको वातावरणीय अनुभवले उनको अण्डा (ओभम) भित्रको क्रोमोजोमलाई परिवर्तन गर्न सक्दैन र उनको सन्तानमा कुनै प्रभाव पार्न सक्दैन । बौद्धिक आनुवंशिक परिवर्तन गर्नको लागि उनको शरीर उनको जन्ममा उनको अंडाशय भित्र रहेको अण्डामा जान सक्दैन । यी कारणहरूले गर्दा महिलाहरू विकासवादी सिद्धान्तको भाग हुन सक्दैनन् ।

पुरुषको शुक्रकिट महिलाको अण्डा (ओभम) भन्दा धेरै फरक तरिकाले बनेको हुन्छ । पुरुषको अण्डकोषमा दैनिक रूपमा शुक्राणु बन्ने गर्छ । शुक्रकिटको सृष्टि र महिलाभित्र गर्भाधानको बीचको यो छोटो अवधिले पुरुष विकास प्रकृयाको एक हिस्सा हुनसक्ने कुनै सम्भावना देखिन्न । कडा जाडो, कडा गर्मी वा अन्य कुनै वातावरणीय अवस्थाले शुक्राणुमा क्रोमोजोमहरू परिवर्तन गर्ने कुनै पनि तरिकाले अण्डकोषलाई असर गर्दैन । त्यसकारण पुरुषले वातावरणबाट हुने विकासवादी परिवर्तनमा सम्भवत कुनै योगदान दिन सक्दैन । यो तथ्य मानव र अन्य सबै स्तनधारी प्राणीहरूमा लागू हुन्छ । क्रोमोजोमको पुरुष भाग मार्फत वातावरणीय अनुकूल हुनसक्ने कुनै उपायहरू छैनन् । न त त्यहा कुनै बैज्ञानिक प्रमाण छ कि वातावरणीय प्रभावले शुक्राणु भित्र आनुवंशिक कोण परिवर्तन गर्दछ । यी बैज्ञानिक तथ्यहरूले वातावरणीय अनुकुलता वा अन्य कुनै कारणले मानव प्रजातीको विकास बादर वा अन्य जीवबाट असम्भव भएको प्रमाणित गर्दछ र डार्विनको कथित विकासवादको सिद्धान्त झुठो भएको ठहर गर्दछ ।