Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डीडीसीको बदमासी विदेशसम्म

काठमाडौं । सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले म्याद गुज्रिएको बटरबाट बनेको तीन हजार मेट्रिकटन घिउ नेपालमा मात्रै नभएर विदेशमा पनि पठाएको छ । कम्पनीले म्याद गुज्रिएको घिउ जापान पठाएको छ । उक्त घिउ पोखराको सुजल डेरीबाट ल्याई डीडीसीको गोदाममा राखिएको थियो । कोरोना महामारीको कारण विक्री नहुँदा धेरै दिनसम्म होल्ड भएका कारण उपभोग्य मिति सकिएको बताइन्छ । तर डीडीसीले सो बटरलाई घिउ बनाएर जापानलाई बेचेको छ । डिडिसीले जापानलाई मात्र होइन, त्यही बटर नेपाली उपभोक्तालाई समेत बेचेको छ । डीडीसीले करिब दुई लाख केजी म्याद सकिएको बटर आम उपभोक्तालाई बेचेको हो । सुजल डेरीबाट ल्याइएको बटरको प्याकमा कुनैमा आठ महिना अघि प्रयोगमा ल्याइ सक्नुपर्ने लेखिएको थियो भने कुनैमा १२ महिना अघि प्रयोगमा ल्याइ सक्नुपर्ने लेखिएको थियो । आठ महिना र १२ महिना म्याद सकिए पनि उपभोक्तालाई सो बटर बेचेर सकाएको छ । काठमाडौं महानगरपालिका अन्तर्गतको उपभोक्ता हित संरक्षण समितिले २०७७ असोजमा गरेको अनुगमनका क्रममा सो बटरको म्याद सकिएको भन्दै त्यसलाई विक्री वितरण नगर्न निर्देशन दिएको थियो । महानगरपालिकाले अनुगमन गरिसकेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत रहेको गुणस्तर नियामक संस्था खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि अनुगमन गर्दा बटरमा गुणस्तर न्युन पाइएको थियो । गोदाममा बटर प्याकेजिङ र भण्डारण अव्यवस्थित देखिएको थियो । त्यसपछि त्यसलाई विक्री वितरण नगर्न विभागले पनि भनेको थियो । साथै कृषि मन्त्रालयले पनि त्यसको अनुगमन गरेको थियो र यसको गुणस्तर के कस्तो भनि त्यसको यथार्थ जानकारी गराउन भनेको थियो ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल