Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डेढ दर्जन सिडिओ को कहाँ पुगे ?

काठमाडौं । गृह मन्त्रालयले १८ सह सचिवहरुको हेरफेर गरेको छ । गृहमन्त्री रामबहादुर थापाको मन्त्रिस्तरीय निर्णयबाट विभिन्न जिल्लाका सहसचिव र उपसचिव गरी १८ जना प्रमुख जिल्ला अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेका हुन् । ६ जना सहसचिव र १२ जना उपसचिवसहित १८ जना कर्मचारीको गृहले सरुवा गरेको हो ।

जसमा ललितपुर, धनकुटा, रामेछाप, गुल्मी, खोटाङ, महोत्तरी, इटहरी, पाँचथरलगायतका जिल्लाको प्रमुख जिल्ला अधिकारी हेरफेर भएका हुन् । गृहको सरूवा सूचीअनुसार ललितपुरमा प्रमुख जिल्ला अधिकारी फेरिएका छन्। ललितपुरमा गृह मन्त्रालयबाट ढुण्डीप्रसाद निरौलाको सरूवा भएको छ। ललितपुरका नारायणप्रसाद भट्ट प्रदेश नम्बर ३ को सचिव पठाइएको छ।

गृहको सरुवा अनुसार धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमलीको महोत्तरी सरूवा भएको छ। धनकुटामा गृहबाट बासुदेव दाहाल गएका छन्। रामेछापकी रुद्रादेवी शर्माको गुल्मी सरूवा भएको छ। पाँचथरका अर्जुनकुमार शर्माको रामेछाप, खोटाङका शालिग्राम शर्मा पौडेलको गृह मन्त्रालय सरूवा भएको छ।

यसैगरी, महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको कारागार झुम्का, वसन्तराज पुरीको भोजपुरबाट इलाका प्रशासन कार्यालय इटहरी, कर्मचारी संगठनका पूर्वअध्यक्ष पुण्य ढकालको पाँचथर सरूवा भएको छ। ढकाल ट्रेड युनियनका नेता हुन् । उनी गृहमा कर्मचारी प्रशासन शाखासम्हाल्दै आएका थिए । पाँचथरमा सहसचिव पठाउँदै आएकोमा यसपटक गृह मन्त्रालयबाट उपसचिवलाई पठाइएको हो ।


सम्बन्धित समाचार