Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ढकालले जुटाए अमेरिकामा १८ लाख सहयोग

कार्यक्रमको सिलसिलामा अमेरिका पुगेका गायक रामकृष्ण ढकालले कोरोना संक्रमित नेपालीका लागि १८ लाख रुपैयाँ सहयोग जुटाएका छन् । सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगेका रामकृष्ण उतै रोकिएपछि शो आर्थिक जुटाउने अभियानमा लागेर शो रकम जुटाएका हुन् । उनले त्यहाँ रहेका नेपाली तथा नेपाली भाषी भुटानीहरुसँग अपिल गरेर उक्त रुपैयाँ सहयोग जुटाएको बताएका छन् । नेपालमा कोरोना महामारीमा अक्सिजन सिलिण्डरको अभाव हँुदा थुप्रै नेपालीले ज्यान गुमाउन थालेपछि साथी भाई तथा नेपालीसँग आर्थिक जुटाउन रामकृष्णलेपहल गरेका थिए । उनले उठेको १८ लाख रकम महावीर पुनको राष्ट्रिय अविस्कार केन्द्रको बैक खातामा जम्मा गरिदिएका छन् । रामकृष्णले सामाजिक सञ्जालमा लेखेका छन्,‘मेरो विनम्र अनुरोधमा अमेरिकामा रहेका मनकारी नेपाली तथा भुटानी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले खुला ह्दयले सहयोग गर्नुभएको छ । अझै पनि केही मनकारी व्यक्तिहरुले सहयोग रकम प्रदान गर्ने बचन दिएको बताउँदै त्यो रकम प्राप्त भएमा नेपालको सामाजिक सेवामा उल्लेखनीय योगदान पुर्याइरहेका अन्य व्यक्तित्वहरूबाट स्थापित संस्थाहरूमार्फत् सहयोगका लागि पठाइने ढकालले बताएका छन् ।


सम्बन्धित समाचार