Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
सीडीएस एण्ड क्लियरिङका अनुसार धितोपत्र कारोबार गर्न आवश्यक डिम्याट खाता खोल्नेको संख्या ४७ लाख नाघिसकेको छ भने मेरो सेयर प्रयोगकर्ता ३८ लाखभन्दा बढी छन् । सत्तचालीस लाख लगानिकर्तामध्ये संख्याका आधारमा साना लगानीकर्ता निकै बढेको देखिन्छ। गएको एक वर्षको अवधिमा चिया पसलदेखि कार्यालयको बैठकको समयमा समेत पुँजीबजारका बारेमा बहस चल्न थालेको अवस्था छ।
सेयर बजार स्वतन्त्ररुपमा माग र पूर्तिका आधारमा चल्नुपर्नेमा लगानीकर्ता संरक्षण चौधरी जोड दिनुहुन्छ। हाल गृहणी र महिला लगानिकर्ताको संख्यासमेत बढेको छ, सानोसानो पुँजी जम्मा भएर नै दैनिक कारोबार करिब रु २२ अर्ब पुगेको थियो। त्यस्ता साना र नयाँ सेयर लगानीकर्ताको लगानीको सुरक्षामा सरकार तथा नियामक विशेषरुपमा सजग हुनुपर्ने चौधरीको भनाइ छ।
घटेको बजारमा साना र त्यसमाथि नयाँ लगानीकर्ताको सम्पत्ति घट्दै जाँदा उनीहरुमा डर देखिएको स्वयं लगानीकर्ता स्वीकार्छन्। यस्तोमा बजार घट्ने मात्र नभई राम्रा प्रतिफल दिने कम्पनीमा गरेको लगानीमा डराउन नहुने र सेयर बजारमा लगानी गर्दा धैर्यता राख्नुपर्नेमा लगानीकर्ता छोटेलाल रौनियारको जोड छ।
बजार विस्तार भएको छ, कारोबार प्रविधिमैत्री हुँदैछ, डिम्याट र मेरो सेयरका साथै सेयर कारोबार गर्न टिएमएसको प्रयोगकर्ता दिनदिनै बढेको अवस्था छ। यसले बजारमा सकारात्मक प्रभाव पारेको र अझ यसको विकास तथा दिगोपनाका लागि नियामकले लगानिकर्ताको हितलाई ध्यान दिएर नीति बनाएर बजारको नियमन गर्ने वातावरण बने बजारको भविष्य राम्रो छ शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा रौनियारले आफ्ना धारणा राखे। बजारमा राम्रो सम्भावना रहेको र पुँजी बजारको विकास तथा विस्तारमा सबै लगानीकर्ता एकजुट भएर बजार अनुकूल हुँदा आवेशमा नआउन र प्रतिकूल हुँदा धैर्यता अपनाउन आवश्यक हुने उनले बताए ।
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल