Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाको सम्बन्ध त्यति सुमधुर नरहेको चर्चा फिल्म उद्योगमा छ। केही वर्षअघि प्रेम विवाह गरेको यो जोडी एकताका छुट्टिने मोडमा पुगेको वर्षा आफैंले बोलेकी थिइन्। उनले समाजको लागि पनि आफूहरु मिलेर बस्नुपर्ने सुझाव आएपछि मिलेर बसेको भन्ने बयान दिएकी थिइन्। अभिनेता सलोन बस्नेतको विवाहपछि वर्षा र संजोगको मनमुटाव मत्थर भएको धेरैले आकलन गरेका थिए। तर वर्षाले भने आफूहरुको सम्बन्ध राम्रो नरहेको संकेत दिएकी छिन्। उनले इन्स्ट्रा स्टोरीमा मंगलबार लेखिन् ‘अब समाज भन्दा आफ्नो मानसिक शान्ति रोज्दैछु। सम्झौता धेरै भयो।’ उनले अगाडि लेखेकी छन्, ‘म ती मानिसहरुको वरिपरी रहँदा थाकिसकेँ, जसले इमानदारिता र वफादारिताको अवधारणा बुझ्दैनन्।’ वर्षाको यो स्टाटसले धेरैले वर्षाको सम्बन्ध टुटको संघारमा रहेको आकलन गरेका छन्। उनका फ्यान दुःखी भएका छन्। उनले अर्को पोस्टमा लेखेकी छन्, ‘यो सम्झौता भन्ने शब्द छोरी मान्छेलाई मात्र लागू हुन्छ होरु’ उनको यो गम्भीर प्रश्नले वर्षाको व्यक्तिगत जीवन निकै तनावपूर्ण रहेको बुझिन्छ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल