Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

तातो घाममा काम लगाउने ६७ कम्पनी कारबाहीमा

दोहा । चर्को घाममा समेत श्रमिकलाई काम लगाउने कतारका ६७ कम्पनी कारबाहीमा परेका छन् । कतारको प्रशासनिक विकास तथा सामाजिक मन्त्रालयले गरेको निरीक्षणमा विभिन्न ६७ कम्पनीले श्रमिकलाई स्वास्थ्य सुरक्षाका उपायविना नै चर्को घाममा काम लगाएको पाइएपछि कारबाही गरेको हो । मन्त्रालयले जुलाई १६ देखि अगष्ट १३ तारिखसम्म निरीक्षण ६७ वटा कम्पनी कारवाहीमा परेका जनाएको छ । यसअघि पनि विभिन्न चरणमा मन्त्रालयको निरीक्षणमा धेरै कम्पनीहरु कारवाहीमा परिसकेको जनाइएको छ । सन् २००७ को कतार सरकारको मन्त्रिपरिषद बैठकको निर्णय १६ अनुसार जुन १५ देखी अगस्ट ३१ सम्म बिहान ११स्३० बाट बेलुका ३ बजे सम्म अत्याधिक गर्मी हुने भएकाले श्रमिकहरूलाई बाहिर काममा लगाउन निषेध गरिएको छ । तर, सरकारको उक्त निर्णयलाई बेवास्ता गर्दै श्रमिकलाई चर्को घाममा पनि काम लगाएको पाइएपछि ती कम्पनीहरूलाई ३ दिनसम्म काम रोक्न निर्देशन दिइएको छ । कतारमा करिव ३ लाख ५० हजार नेपाली कार्यरत रहेका छन् । जसमध्ये करिव ८० प्रतिशत नेपाली निर्माणको क्षेत्रमा काम गर्दै आएका छन् ।