Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

तिमिसँग छुट्टिएर…..

काठमाडौं । गत सातामात्र ‘यो जीवन तिम्रो’ बोलको गीतको भिडियो सार्वजनिक गरेका निर्देशक सुमन दाहालले माघे संक्रान्तिको अवसर पारेर अर्को भिडियो ‘तिमिसंग छुट्टिएर’ सार्वजनिक गरेका छन् । खानीमुखलाई जुङ्गाले छेक्दैन भने झै जहाँ रहेपनि आफ्नो कर्ममा सकृय निर्देशक दाहालको निर्देशन रहेको सचेतना मुलक अर्को सर्ट फिल्म सार्वजनिक हुने तयारीमा रहेको छ । उनले कल्पना पाठकको शब्द, गायक, संगीतकार सिडी विजय अधिकारीको स्वरमा रहेको ‘तिमीसँग छुट्टिएर‘’ गीतको भिडियो सार्वजनिक गरेका हुन् । निर्देशक सुमन दाहालले अमेरिकाको लेक्सिन्टन क्षेत्रमा छायाँकन गरेर त्यहींबाट यो भिडियो रिलिज गरेको बताए । गीतको भिडियोमा राजु भण्डारी र निश्मा चापागाईंको मुख्य भूमिका रहेको छ । वियोगान्त भावको यो गीतमा संगीत संयोजन राजु कार्कीको छ । गीतको भिडियो सम्राट क्रियसन युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।