Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । हिमालयन बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने तयारी गरेको छ । उक्त रकमको ऋणपत्र आगामी असारभित्रै निष्काशन गर्ने तयारी भइरहेको बैंकले जानकारी दिएको छ ।
ऋणपत्र निष्काशनको लागि धितोपत्र बोर्डमा निवेदन दिइसकेको र आगामी हप्ताभित्र अनुमति पाउने बैंकको अपेक्षा छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले धितो बोर्डबाट अनुमति पाएलगतै राष्ट्र बैंकबाट अनुमति लिएर ऋणपत्र जारी गरिने बताए ।
हिमालय बैंकले १० प्रतिशत ब्याजदरमा ‘हिमालय बैंक २०८३’ नामक ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकको चुक्ता पुँजी ८ अर्ब ११ करोड ५० लाख रुपैयाँ रहेको छ ।
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ कार्तिक २९
ताजा नेपाल
२०८१ कार्तिक २१
ताजा नेपाल